प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारका १४ जना मन्त्रीको रोलक्रम र मर्यादाक्रम तोकिएको छ । जहाँ दोस्रो वरियतामा अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई राखिएको छ भने त्यसपछिको हैसियतमा सुदन गुरुङ छन् ।
बिज्ञापन
गुरुङपछि परराष्ट्रमन्त्री शिशिर खनालको वरियता देखिन्छन । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका सुनिल लम्साल पाँचौ नम्बरमा छन् । यस्तै ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठ छन् । विराज पनि यसअघि मन्त्री भइसकेका भए पनि उनलाई लम्सालभन्दा तलको वरियतामा राखिएको छ ।
विराजपछि पर्यटनमन्त्री खड्कराज पौडेल र शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको वरियताक्रम छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएकी निशा मेहता नवौँ वरियतामा छिन् भने उनीपछि सञ्चारमन्त्री विक्रम तिमिल्सना तोकिएको छ ।
त्यसअघि कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरी, कानुनमन्त्री सोबिता गौतम र श्रम तथा रोजगारमन्त्री दिपक साहको वरियताक्रम निर्धारण गरिएको छ । क्याबिनेटमा महिला तथा बालबालिकामन्त्री सीता वादीको वरियता सबैभन्दा पछाडि छ ।
बिज्ञापन



























