निजामती प्रशासनभित्रका कुनै समूह वा अभियानलाई हाम्रो समर्थन छैन : रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निजामती प्रशासनभित्र गठन भएका समूह, अभियान वा युनियन जस्ता संयन्त्रसँग पार्टीको समर्थन नरहेको उल्लेख गरेको छ।

बिज्ञापन

निजामती प्रशासनभित्र ट्रेड युनियनको नयाँ शक्ति अभ्यास गर्दै आएको सार्वजनिक प्रशासन रूपान्तरण अभियान २०८२ लाई लक्षित गर्दै रास्वपाको महामन्त्री कविन्द्र बुर्लाकोटीद्धारा जारी विज्ञप्तिमा भनिएको छ ‘निजामती प्रशासनभित्र गठन भएका कुनै पनि प्रकारका समूह, अभियान वा युनियन शैलीका संयन्त्रहरूसँग राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै पनि प्रकारको आबद्धता, समर्थन वा संलग्नता नरहेको र कसैले हाम्रो पार्टी र नेतृत्वको नाम जोडेर आफ्नो स्वार्थ सिद्ध गर्न खोजेको भए त्यस्ता भ्रममा नपर्न हामी आम कर्मचारी र सरोकारवालाहरूमा हार्दिक अपिल गर्दछौं’ भनिएको छ ।

बिज्ञापन

कर्मचारीको एक मात्र धर्म जनसेवा र एक मात्र पहिचान व्यवसायिकता हो। कुनै पनि राजनीतिक दलको ओत लाग्ने वा शक्ति केन्द्रको नाममा प्रशासनिक संयन्त्रलाई प्रभाव पार्ने कार्य हाम्रो आदर्श र नीतिको विपरित छ।

महामन्त्री बुर्लाकोटीद्धारा विज्ञप्तिमा भनिएको छ,’रास्वपा पार्टी स्थापनाकालदेखि नै मुलुकको सार्वजनिक प्रशासनलाई राजनीतिक हस्तक्षेपमुक्त, व्यावसायिक र जनउत्तरदायी बनाउनुपर्छ भन्ने स्पष्ट मान्यता राख्दै आएको उल्लेख गर्दै पछिल्लो समय निजामती सेवाभित्र विभिन्न नामका समूह वा अभियानहरू सञ्चालन गर्ने र त्यस्ता गतिविधिमा यस पार्टी र नेतृत्वको नाम जोडेर भ्रम सिर्जना गर्ने प्रयास भइरहेको सूचना तथा त्यसप्रकारका समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’

बिज्ञापन

निजामती प्रशासनभित्र गठन भएका कुनै पनि प्रकारका समूह, अभियान वा युनियन शैलीका संयन्त्रहरूसँग राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै पनि प्रकारको आबद्धता, समर्थन वा संलग्नता नरहेको र कसैले हाम्रो पार्टी र नेतृत्वको नाम जोडेर आफ्नो स्वार्थ सिद्ध गर्न खोजेको भए त्यस्ता भ्रममा नपर्न हामी आम कर्मचारी र सरोकारवालाहरूमा हार्दिक अपिल गर्दै भनिएको छ, हामी अहिले पनि निजामती सेवालाई योग्यता प्रणालीका आधारमा चलाउनुपर्ने र कर्मचारीहरू केवल राज्य र जनताप्रति मात्र उत्तरदायी हुनुपर्ने पक्षमा दृढ छौँ।

विगतमा जस्तै प्रशासनलाई थर्काउने, डर वा त्रास सिर्जना गर्ने वा दलीय आडमा काम गर्ने संस्कृतिको अन्त्य हुनुपर्ने विषयमा आम सरोकारवालामा स्पष्ट पार्दै सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूलाई कुनै पनि राजनीतिक दल वा समूहको प्रभावमा नपरी, पूर्ण तटस्थ, निष्पक्ष र जिम्मेवार भई जनताको सेवामा समर्पित हुन हार्दिक अपिल गर्दछौं।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बालेन्द्र शाह नेतृत्वको सरकारलाई कर्मचारी युनियनको बधाई: संघीय निजामती ऐन र वृत्ति विकासमा जोड

यस्तो छ मन्त्रीहरुको वरियता

पत्रकारिता पृष्ठभूमिकी रावलको काँधमा कर्मचारी र भूमि प्रशासनको जिम्मेवारी,के के छन् चुनौती ?

निजामती प्रशासनभित्रका कुनै समूह वा अभियानलाई हाम्रो समर्थन छैन : रास्वपा

अर्थमन्त्री वाग्लेको पहिलो निर्णय : राजश्व अनुसन्धान विभागसहित १५ ऐन खारेज

६ मन्त्रालयहरु एक आपसमा गाभिने

यी हुन बालेन सरकारका सारथी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी प्रतिभा रावललाई

बिशेष