नयाँ मन्त्रीलाई छैन क्वार्टर : घर हुनेलाई सुविधा, नहुनेलाई भाडामा

भोलि असार १३ मा मुलुकले नयाँ प्रधानमन्त्री पाउँदैछ । भोलि नै नयाँ मन्त्रीहरु समेत नियुक्त हुनेछन् । ती मन्त्रीहरुका लागि आवासको व्यवस्था कहाँ र कसरी गर्ने ? अझैं केही टुंगो लाग्न सकेको छैन । भदौ २३ गतेको जेनजी प्रदर्शन विध्वंशमा परिणत हुँदा संसद भवन, सिंहदबार,सर्वोच्च अदालतसहित देशका महत्वपूर्ण र ऐतिहासिक संरचना खरानी भए । त्यतिबेला नै क्षतिग्रस्त बनेको एउटा महत्वपूर्ण संरचना हो भैँसेपाटीस्थित मन्त्री क्वार्टर । प्रतिनिधिसभाका उपसभामुख,राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्षसहित विभिन्न मन्त्रीहरुको आवासका लागि भनेर त्यहाँ सरकारले झण्डै डेढ अर्ब खर्चमा २७ वटा भवन बनाएको थियो । तर प्रयोगमा आएको एक वर्ष नहुँदै ती संरचना ध्वस्त भए ।

बिज्ञापन

शहरी विकास मन्त्रालय मातहतको संघीय सचिवालय, निर्माण तथा व्यवस्थापन कार्यालयका अनुसार २०८१ असारदेखि भैँसेपाटीस्थित क्वार्टरमा मन्त्रीहरु बस्न सुरु गरेका हुन्। यसअघि मन्त्रीहरु पुल्चोकस्थितको क्वार्टरमा बस्दै आएका थिए। हाल उक्त क्वार्टरमा सर्वोच्च अदालतका न्यायाधीश बस्न थालिसकेका छन्। भैँसेपाटीमा संघीय सरकारका मन्त्री, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष, प्रतिनिधिसभाका उपसभामुखका लागि २७ वटा छुट्टाछुट्टै भवन निर्माण गरिएका छन्। भैँसेपाटीस्थित मन्त्री निवासको क्षेत्रफल ९६ रोपनी १० आना छ। हरेक भवनले करिब सात आना क्षेत्रफल ओगेटेको थियो । मन्त्री क्वार्टरका २७ ब्लकमध्ये २६ वटामा आगजनी भएको थियो। एउटामा तोडफोड मात्र भएको थियो। तोडफोड भएको ब्लक रक्षामन्त्रीका लागि निर्माण गरिएको थियो। मर्मतसम्भारपछि उक्त ब्लकमा वर्तमान सरकारका दुई मन्त्रीले उपयोग गरिसकेका छन्। हाल वन तथा वातावरण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हालेका माधवप्रसाद चौलागाईंले र यसअघि युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता बसेका थिए। गुप्ता सरकारका मन्त्री हुँदै चुनाव लड्न गएका थिए । उनी निर्वाचित भएर आइसकेका छन् ।

बिज्ञापन

यस्तो स्थितिमा नयाँ मन्त्रीहरुका लागि आवासको व्यवस्था कसरी गरिँदैछ त ? मन्त्रीहरुको व्यवस्थापन सहरी विकास मन्त्रालयअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले गर्दै आइरहेको छ। सो कार्यालयका सुपरिन्टेन्डेन्ट इन्जिनियर चक्रवर्ती कण्ठका अनुसार, अहिले त्यहाँ बस्न मिल्ने अवस्था छैन, सबैमा क्षति पुगेको छ,पुनर्निर्माणको लागि बोलपत्र आह्वान भएको छ,आशा गरौँ,चाँडै बन्छ ।’आगामी सरकारबाट मन्त्री बन्नेमध्ये एक जना मात्र मन्त्री क्वार्टरमा बस्न पाउनेछन्। बाँकीले आफ्नै घर वा भाडामा बस्नुपर्ने अवस्था छ।

इञ्जिनियर कण्ठका अनुसार अहिले नयाँ मन्त्रीहरुको आवासको लागि दुई विकल्पमा छलफल भइरहेको छ । उनी भन्छन्, ‘काठमाडौँमा घर हुने मन्त्रीहरुलाई नियमअनुसार पाउने सेवा सुविधा दिएर आफ्नै घर प्रयोग गर्न आग्रह गर्ने कि भन्ने छ ।’  काठमाडौं घर नहुने मन्त्रीज्यूहरुलाई भाडामा घर उपलब्ध गराउने तयारी छ ।

बिज्ञापन

‘भैँसेपाटीको मन्त्री क्वार्टर नबन्दासम्म मन्त्रीहरुको लागि घर भाडामा लिने त लगभग पक्का जस्तै भइसक्यो,तर कति मन्त्री हुन्छन् भन्ने नै थाहा भएन,नयाँ प्रधानमन्त्रीले क्याबिनेट बनाएपछि थाहा हुन्छ ।’

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नयाँ मन्त्रीलाई छैन क्वार्टर : घर हुनेलाई सुविधा, नहुनेलाई भाडामा

अदालतका सुब्बालाई बहालवाला तीन सचिवभन्दा माथिल्लो पदमा नियुक्ति, मध्यराती पदभार ग्रहण

प्रमुख प्रशासकीय अधिकृतलाई मेयरको आग्रह ‘घर बस्दा बस्दै दिक्क लाग्यो होला,अफिस आउनुहोस’

प्रधानमन्त्रीको शपथ कार्यक्रमको प्रबन्ध मिलाइदिन मुख्य सचिवलाई रास्वपा महामन्त्रीको पत्र

सचिव पन्थको सरुवा

विवादै विवादका पात्र सचिव सिग्देल फेरि शक्तिशाली मन्त्रालयतर्फ : भौतिकमा छिर्न रास्वपासँग लबिङ

‘किताबखानाका ती दिन’

सहसचिव पौडेल,उपसचिव पाण्डे र कम्युटर अपरेटर थापालाई पुरस्कृत गर्न सिफारिस

बिशेष