झण्डै साढे ३ महिनादेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा रहेका सचिव महादेव पन्थलाई राष्ट्रपति कार्यालयमा खटाइएको छ ।
बिज्ञापन
नवनिर्वाचित प्रतिनिधिसभाका सदस्यहरूको सपथ खुवाउनुपर्ने भएपछि सचिव पन्थलाई राष्ट्रपति कार्यालयमा पठाइएको हो।
सचिव पन्थ मंसिरको तेस्रो साता निर्वाचन आयोगबाट सरूवा भएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आएका थिए। राष्ट्रपति कार्यालयका सचिव डा हरि लम्सालको ५८ वर्ष पुगेर फागुन २४ अनिवार्य अवकाशमा गएपछि राष्ट्रपति कार्यालय सचिवविहीन थिए। उक्त ठाउँमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जगेडाका सचिव पन्थलाई खटाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।


























