अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकै पटक २१ जनाविरुद्ध भ्रष्टचार मुद्धा चलाएको छ ।
बिज्ञापन
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अनियमितता प्रकरणमा चिनियाँ निर्माण कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कर्पोरेसनसहित २१ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गर्दा ९ जना बहालवाला कर्मचारीहरु भ्रष्टाचार मुद्धा चलेर निालम्बित भएका छन् ।
अख्तियारले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव केदारबहादुर अधिकारीसहित नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतम, राजन पोख्रेल र प्रदीप अधिकारीसहित २१ जनालाई प्रतिवादी बनाएर विशेषमा मुद्धा गर्दा नागरिक उड्डयन प्राधिकरणका तीन पूर्वमहानिर्देशकसहित बहालवाला ९ कर्मचारीहरु भ्रष्टाचार मुद्धा लागेर स्वत निलम्बनमा गएका हुन ।
अख्तियारले अधिकारीका अलवा प्राधिकरणका तत्कालीन उपमहानिर्देशक महेन्द्र सिंह रावल, राष्ट्रिय गौरव आयोजनाका तत्कालीन आयोजना निर्देशक बाबुराम पौडेल, सोही आयोजनाका उपनिर्देशक प्रवीण न्यौपाने, प्रबन्धक चाँदमाला श्रेष्ठ, विमानस्थलका तत्कालीन आयोजना प्रमुख विनेश मुनकर्मी, लेखा अधिकृत नरेन्द्रराज सैंजु, प्रमोद नेपाल, सविन फुयाल, तत्कालीन उपप्रबन्धक हिमज्योती थापा, अधिकृत राजाराम चौधरी, परामर्शदाता कम्पनी स्लाट जेभीको मुख्य काम गर्ने यमबहादुर भण्डारी, उद्धव चौलागाई, शोभेन्द्रराज जोशी, प्रमोद दवाडी र निर्माण व्यवसायी चिनिया सीएएमसी र यसको मुख्य भई काम गर्ने वाङ बो, प्रोजेक्ट म्यानेजर याङ झियाङलाई प्रतिवादी बनाइएको छ। उनीहरुलाई कसुर अनुसार छुट्टा छुट्टै सबिगो कायम गरिएको छ। चिनियाँ कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कर्पोरेसनका अध्यक्ष वाङ बो तथा प्रोजेक्ट म्यानेजर याङ जियाङलाई प्रतिवादी बनाइ आयोगले ४६ करोड १५ लाख ८४ हजार ३४३ बिगो दाबी गरेको छ ।
बिज्ञापन
जसमा ९ जना बहालवाला कर्मचारीहरु परेका छन् । अख्तियारले मुद्धा चलाएकामध्ये चाँदमाला श्रेष्ठ,प्रवीण न्यौपाने,प्रमोद नेपाल,नरेन्द्रराज सैजु,सविन फुँयाल,हिमज्योती थापा,राजाराम चौधरी बहालवाला कर्मचारी हुन ।


























