पदबाट बिदा हुने क्रममा सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका एक पछि अर्काे मन्त्रीहरुले कर्मचारी र अन्य मन्त्रालयलाई दोष लगाउने सिलसिला जारी छ ।
बिज्ञापन
स्वास्थ्यमन्त्री सुधा गौतम शर्मा पाँच महिनाको कार्यकाल पूरा गरेर मन्त्रालयबाट बाहिरिने क्रममा अर्थ मन्त्रालयप्रति असन्तृष्टि प्रकट गरेकी छिन् । मन्त्री गौतमले अर्थ मन्त्रालयको असहयोगका कारण देशका सरकारी अस्पतालहरू गम्भीर संकटमा परेको बताएकी हुन । मन्त्री गौतमका अनुसार स्वास्थ्य बिमा सेवा सुचारु राख्न मन्त्रालयले सात अर्ब रुपैयाँ माग गरेकोमा अर्थ मन्त्रालयले केवल एक अर्ब मात्र उपलब्ध गराएको जानकारी दिइन्।
स्पतालहरूको अत्यावश्यक सेवा सञ्चालनका लागि माग गरिएको ७ अर्ब बजेटमध्ये अर्थ मन्त्रालयले केवल १ अर्ब मात्र निकासा दिएको र हाल कुलिङ पिरियड भन्दै बाँकी रकम रोकेकोमा असन्तुष्टि व्यक्त गरेकी छिन्। निर्वाचनपछि बाँकी बजेट दिने प्रतिबद्धता जनाए पनि अहिले अर्थ मन्त्रालय जिम्मेवारीबाट पन्छिएको मन्त्री शर्माको आरोप छ।
स्वास्थ्य मन्त्रालयकै धेरै महाशाखाका कार्यक्रम कटौती गरेर ७५ करोड रकम बिमालाई उपलब्ध गराएको भन्दै उनले अर्थ मन्त्रालयको असहयोगका कारण बिमा कार्यक्रम प्रभावित भएको बताईन्। स्वास्थ्यमा मासिक २ अर्व खर्च रकम खर्च हुने गरेको छ। बिमा बोर्डले कार्तिक मसान्तसम्म मात्र ७ अर्व रकम अस्पतालहरुलाई भुक्तानी गर्न बाँकी छ।
बिज्ञापन
यस अघि मन्त्रीकुमार इङ्नामले आफ्नो कार्यकालमा अरू मन्त्रालयमाथि अर्थ मन्त्रालयले दादागिरी देखाएको आरोप लगाएका थिए । गत बिहिवार मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा मन्त्री इङ्नामले भनेका थिए, अर्थ मन्त्रालयको धेरै दादागिरी चल्दो रहेछ । उसलाई जस्तो मन लाग्यो त्यस्तै गर्ने, जे मन लाग्यो त्यही नियम बनाउने,’ इङ्नामले भने, ‘मन्त्रालयमा आएपछि हरेक मन्त्रीको आ–आफ्नो भिजन हुन्छ, सपना हुन्छ । त्यसलाई पूरा गर्न अर्थ मन्त्रालयले रोक्दो रहेछ ।’
उनले अर्थ मन्त्रालयकै कारण आफ्नो कार्यकालमा कतिपय निर्णय कार्यान्वयन हुन नसकेको र बजेट निकासामा सास्ती भोग्नु परेको उनको दाबी छ । उनले मन्त्रालयहरूलाई स्वतन्त्र ढंगले काम गर्न दिनुपर्ने र अर्थ मन्त्रालयको एकाधिकार अन्त्य हुनुपर्ने बताए ।


























