उच्च प्रशासकसँग दुई मन्त्री गरम,एक मन्त्री नरम

अन्तरिम सरकारका मन्त्रीहरु बिदामा पनि घर जानु अघि कर्मचारीहरुलाई नै दोष लगाएका छन् । सरकारका मन्त्रीहरू आफूले सम्हालेको मन्त्रालयबाट धमाधम बिदाइ हुन थाल्दा केहीले भने कर्मचारीहरुप्रति तीतो पोखेका छन् । लेका छन्।

बिज्ञापन

वर्तमान सरकारमा प्रधानमन्त्री कार्कीसहित ११ मन्त्री रहेकामध्ये सहरी विकासमन्त्री कुमार इङनाम भने यही चैत ५ गते मन्त्रालयबाट बिदाइ भइसकेका छन भने आइतबार भूमि व्यवस्थाबाट विदाइ हुँदैछन् ।

बिज्ञापन

प्रधानमन्त्री सुशीला कार्कीले सरकारी काम नहुनुमा सचिवहरु मुख्य दोषी भएको र आफूले सचिवहरुबाट कुनै सहयोग नपाएको बताएको साता दिन नबित्दै अर्काे मन्त्री कुमार इङ्नाम पनि प्रशासकहरुप्रति आक्रामक देखिए । यस्तै अर्थसहित संघीय मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री रामेश्वर खनालले आफ्नो कार्यप्रगति सार्वजनिक गरेर मन्त्रालय जान छाडेका छन् ।

प्रधानमन्त्री सुशीला कार्की समेत सिंहदरबार जान छाडेका छिन् । केही दिन अघि उनले सचिवहरुले आफ्नो स्वार्थ अनुसार निर्णय नहुने अवस्था आए अख्तियारलाई देखाएर हुँदैन र मिल्दैन भनी काम गर्नै रोकेको अनुभव सुनाएकी थिइन । उनले सरकारी काम नहुनुमा ७५ प्रतिशत दोषी सचिवहरु भएको र सबैभन्दा ठूलो सुधार सिंहदरबारभित्र आवश्यक रहेको औल्याएकी थिइन ।

बिज्ञापन

शहरी विकास मन्त्री कुमार इङ्नामले समेत सचिव गोपाल सिग्देल र महानिर्देशक रवीन्द्र बोहराको कार्यशैलीप्रति असन्तुष्टि जनाए । विदाइ कार्यक्रममा उनले सचिव र महानिर्देशकको विरोधै गरे ।

संघीय संसद भवन समयमा नबनेको बिषयमा मन्त्रीले असन्तृष्टि जनाएका थिए । संसद् भवन किन समयमा बन्दैन ? किन समय थपेको थप्यै गरिन्छ ? कर्मचारीहरू किन अटेरी गर्छन ? जति भन्दा पनि नमानेपछि मैले डीजीलाई सरुवा गर्न खोज्दा सचिवज्यूले मान्नुभएन, उल्टै पछि मन्त्रीले ३ करोड घुस खाएर सरुवा गर्न लागेको भनेर हल्ला फिँजाइयो ।”

उनले सिनियर कर्मचारीलाई विभागमा पठाएर जुनियरलाई हटाउन खोज्दा उल्टै आफू माथि प्रहार भएको बताएका छन् । मन्त्री इङ्नामले शहरी विकास मन्त्रालयलाई अत्यधिक भ्रष्टाचार हुने मन्त्रालयका रूपमा चित्रण गरे ।

पहिला मलाई भूमि मन्त्रालय धेरै घुसिया लाग्थ्यो । तर सहरी त प्राविधिक कुरामा खेलोफड्को गर्दा झन् सजिलो रहेछ । ठेकेदारसँगको मिलेमतोदेखि कमिसन प्रतिशत र आर्थिक वर्षको अन्त्यतिर झोला बोकेर हिँड्ने प्रवृत्ति मन्त्रालयमा मौलाएको छ । उनले भेरिएसन र पेनाल्टी व्यवस्थालाई अनियमितताको माध्यमका रूपमा प्रयोग गरिएको संकेत गरे ।
यसरी दुई मन्त्रीहरु कर्मचारीप्रति आक्रामक देखिँदा अर्थ र संघीय मामिला मन्त्रालयको जिम्मेवारी सम्हालेका रामेश्वर खनाल भने नरम देखिए । उनले आफूलाई सफल पार्नका लागि मन्त्रालयका कर्मचारीहरुको ठूलो भूमिका रहेको भन्दै उनीहरुको प्रंशशा नै गरेका छन् ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उच्च प्रशासकसँग दुई मन्त्री गरम,एक मन्त्री नरम

५८ वर्षे उमेरहदका कारण प्राविधिक सचिव बिडारी आज सेवा निवृत्त

विगतको ‘हुकुमी प्रशासन’ सम्झेर रोमान्टिक बन्नु भ्रम मात्र

लेखा अधिकृतलाई वडा सचिवको जिम्मेवारी

            भूराजनीतिक गणित: मध्यपूर्वमा शक्ति, आतंक र कूटनीतिक चाल

एनएचपीसीमा ‘सेटिङ र भत्ता काण्ड’ : रजिष्ट्रार भण्डारीसहित सदस्य झा र श्रेष्ठविरुद्ध अख्तियारदेखि सतर्कता केन्द्रसम्म उजुरी

एम्बुलेन्समै तस्करीको धन्दा : रसुवामा ७० लाखभन्दा बढीको चिनियाँ चुरोटसहित चार जना पक्राउ

सेनाको ब्यारेकभित्र जो पनि छिर्न थालेपछि..

बिशेष