चैत्र १२ मा नवनिर्वाचित सांसदहरूको शपथ लिने,प्रधानमन्त्रीको शपथ भोलिपल्ट

नवनिर्वाचित सांसदहरुको शपथ चैत १२ गते हुने भएको छ। संघीय संसद सचिवालयले शुक्रबार सूचना जारी गरी नवनिर्वाचित सांसदहरूको सपथ चैत १२ गते बिहीबार हुने जनाएको हो।

बिज्ञापन

सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभामा नवनिर्वाचित सदस्यहरूलाई आगामी चैत १२ गते शपथ ग्रहणको तयारी गरेको छ। सचिवालयले आगामी बिहीबार दिउँसो २ बजे शपथ ग्रहण का लागि उपस्थित हुन आग्रह गरेको छ ।

बिज्ञापन

सचिवालयका अनुसार शपथ ग्रहण कार्यक्रम सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा हुनेछ। शपथका लागि उपस्थित हुँदा माननीयहरूले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, हालसालै खिचिएको पासपोर्ट साइजको दुई वटा फोटो अनिवार्य रूपमा पेश गर्नुपर्ने छ। निर्वाचन आयोगबाट प्राप्त सदस्यता प्रमाणपत्र (सक्कल र प्रतिलिपि) पनि साथमा ल्याउनुपर्ने सचिवालयले भनेको छ । ती सबै कागजात शपथ कार्यक्रमभन्दा २ घण्टा अगावै सचिवालयमा बुझाउनुपर्ने छ ।
सचिवालयले सदस्यहरूलाई औपचारिक पोसाक वा आफ्नो सांस्कृतिक पहिचान झल्किने राष्ट्रिय पोसाकमा उपस्थित हुन अनुरोध गरेको छ। त्यस्तै, नेपाली भाषाबाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यहरूका लागि विशेष व्यवस्था गरिएको छ। यस्ता सदस्यहरूले शपथको ब्यहोरालाई आफ्नो मातृभाषामा अनुवाद गरी सोको प्रतिलिपि शपथ कार्यक्रमभन्दा तीन दिन अगावै संसद् सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा उपलब्ध गराउनुपर्नेछ। सचिवालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई समेत आआफ्नो जिल्लाका निर्वाचित सदस्यहरूलाई यसबारे जानकारी गराइदिन समन्वयका लागि अनुरोध गरिएको छ।

उता,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले यही चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने भएका छन् । सो पार्टीका नेताहरुका अनुसार चैत १३ मा शाहले प्रधानमन्त्री पदको शपथ लिनेछन् । सोही दिन मन्त्रिपरिषद् पनि गठन गर्नेगरी छलफल अघि बढेको बताइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

महानिर्देशक पोखरेलको पहल: राष्ट्रिय कितावखानाको ई–पेन्सन प्रणालीले ल्यायो प्रशासनिक क्रान्ति

निर्वाचनमा ५ अर्ब ३७ करोड खर्च,प्रति मतदाता औसत २८४ रुपैंया

चैत्र १२ मा नवनिर्वाचित सांसदहरूको शपथ लिने,प्रधानमन्त्रीको शपथ भोलिपल्ट

मन्त्री खनालले आजदेखि मन्त्रिस्तरीय निर्णय नगर्ने : ६ महिनामा कहाँ थपियो,कता- कता काटियो दरबन्दी ?

रसुवा भन्सारमा बमको आतंक : दैनिक लाखौं असुली

यी हुन प्रशासन सेवा राजश्व समूहबाट शाखा अधिकृत बढुवाका सम्भाव्य ३२ उमेद्धार

सामान्य प्रशासनमा मन्त्री खनालको ६ महिना : ८५ वटा निर्णय,यस्ता छन् कामको फेहरिस्त

नव निर्वाचित माननीयको निर्देशन १३ स्थानीय सरकारलाई अमान्य

बिशेष