‘राजदूत कोठा’बाट बल्ल बाहिरिए अर्काे महामहिम

सरकारले विभिन्न देशबाट फिर्ता बोलाएका ११ मध्ये राजीनामा नदिइ बसेका ३ नेपाली राजदूतलाई मन्त्रालयमा राखेर हाजिर गराए पनि काम दिएको छैन । परिणामस्वरुप उनीहरू मन्त्रालयमा आएर हाजिर गर्ने र कामविना नै तलब बुझ्ने काम भइरहेको छ ।

बिज्ञापन

परराष्ट्र मन्त्रीको हैसियतमा प्रधानमन्त्री सुशीला कार्कीले कात्तिक १७ गते ११ देशका नेपाली राजदूतलाई कात्तिक २० गतेभित्र परराष्ट्र मन्त्रालयमा रही कामकाज गर्ने गरी बोलाउने निर्णय गरेकी थिइन् । यसरी प्रधानमन्त्री कार्कीले फिर्ता बोलाएकी राजदूतहरुमध्ये  राजदूतहरूमा कृष्णप्रसाद ओली (चीन), शाहिल रुपाखेती (जर्मनी), दुर्गाबहादुर सुवेदी (जापान), धनप्रसाद पण्डित (इजरायल), नेत्रप्रसाद तिम्सिना (मलेसिया), रमेशचन्द्र पौडेल (कतार), जंगबहादुर चौहान (रुस), डा. नरेशविक्रम ढकाल (साउदी अरेबिया), चन्द्रकुमार घिमिरे (बेलायत), लोकदर्शन रेग्मी (अमेरिका) र शनिल नेपाल (स्पेन) थिए । यीमध्ये सुवेदी परराष्ट्र सेवाबाट अवकाश प्राप्त सहसचिव हुन् भने बाँकी सबै राजनीतिक कोटामा राजदूत भएका ।  यसरी फिर्ता बोलाइएकामध्ये किस्ता किस्ता गरी ८ राजदूतहरुले राजीनामा दिइसकेका छन् भने अझैं तीन राजदूतहरुले अ ‘हाजिरी दूत’का रुपमा मन्त्रालयमा हाजिर गरेर पारिश्रमिकता लिइरहेका छन् ।

बिज्ञापन

यस अघि चीनका लागि प्रा.डा. कृष्णप्रसाद ओली, जर्मनीका डा.शैल रुपाखेती, इजरायलका प्रा.धनप्रसाद पण्डित, कतारका रमेशचन्द्र पौडेल, मलेसियाका डा.नेत्रबहादुर तिमिल्सिना, रुसका जंगबहादुर चौहान, साउदी अरबका डा.नरेशविक्रम ढकाल, स्पेनका सनिल नेपाल, संयुक्त अधिराज्य बेलायतका चन्द्रकुमार घिमिरे, संयुक्त राज्य अमेरिकाका लोकदर्शन रेग्मीले राजीनामा दिएका थिए । तर जापानबाट फिर्ता भएका डा. दुर्गाबहादुर सुवेदी, जर्मनीबाट फिर्ता आएका डा. शैल रुपाखेती, इजरायलबाट धनप्रसाद पण्डित र स्पेनबाट फिर्ता आएका शनिल नेपाल परराष्ट्र मन्त्रालयमा हाजिर गरेर तलब पकाउन सक्रिय थिए । तिनैमध्ये हालैमात्र दुर्गाबहादुर क्षेत्री (दुवसु)ले गत शुक्रवार पदबाट राजीनामा दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनको राजीनामा समेत स्वीकृत भइसकेको छ । अझैं तीन जना राजदूतहरु परराष्ट्र मन्त्रालयको राजदूत कोठामै भेटिन्छन् ।

त्यो सामुहिक कोठा हो । उनीहरु त्यहाँ रहने भन्दा पनि हाजिर गरेपछि हतार–हतार निस्कदै आएका छन् । यसरी उनीहरूले सचिव सरहको मासिक पारिश्रमिक र कम्तीमा एक महिनाको वैदेशिक भत्ता लिइरहेका छन् । यसरी हाजिर गर्दै आएका हाजिरी दुतमध्ये अधिकांश काँग्रेसी हुन ।

बिज्ञापन

फिर्ता भइसकेका राजदूतको ठाउँमा परराष्ट्र मन्त्रालयकै कर्मचारी कार्यवाहक भएर काम गरिरहेका छन् । अमेरिकाका लागिव नेपाली कार्यवाहक राजदूतको जिम्मेवारी परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले सम्हालेका छन् भने चीनका लागि कार्यवाहक राजदूतमा सहसचिव रोशन खनालले काम गरिरहेकी छन् । त्यस्तै, जर्मनीका लागि उपनियोग प्रमुख सागर फुयाल, जापानका लागि उपनियोग प्रमुख हरिहरकान्त पौडेल, मलेसियाका लागि उपनियोग प्रमुख मुदिता बज्राचार्य, कतारका लागि उपनियोग प्रमुख कुमार राई, युकेका लागि उपनियोग प्रमुख विपिन घिमिरे, साउदीका लागि उपनियोग प्रमुख सिर्जना अधिकारी, स्पेनका लागि उपनियोग प्रमुख रहेका अधिकृत पूरक अधिकारी, इजरायलका लागि उपनियोग प्रमुख अधिकृत कुमारबहादुर श्रेष्ठ, रुसका लागि सहचारी कसम पोखरेलले कार्यवाहक राजदूतको जिम्मेवारी सम्हालेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सुनेको शासन, भोगेको प्रशासन

‘राजदूत कोठा’बाट बल्ल बाहिरिए अर्काे महामहिम

सुशीला कार्कीको ‘कुशासन’ : पीएलाई तीन सचिवभन्दा माथिल्लो पदमा नियुक्ति

बहुराष्ट्रिय कम्पनीका ख्याति चोर्ने दाउमा दर्जन नेपाली कम्पनी,सरकारले दियो साताको अल्टिमेटम

अब कर्मचारी सरुवामा अल्झिनु पर्दैन सरकार

नयाँ सरकारका लागि तयार भयो सुशासन मार्गचित्र : यस्ता छन् समितिका मुख्य सुझाव

यी हुन शाखा अधिकृतमा बढुवा सिफारिस भएका ७२ कर्मचारी

समृद्धिको सारथि कि बाधक ? बालेन सरकार र कर्मचारीतन्त्रको ‘सर्जरी’

बिशेष