चुनाव अगाडि मन्त्रिपरिषद्को बैठक अनिश्चित,मुख्यसचिव सतर्क

निर्वाचनको मुखमा दीर्घकालीन प्रभाव पार्ने गरी नीतिगत निर्णय गर्न लागिएको चाल पाए पछि मुख्य सचिव सुमनराज अर्यालले भोलिका लागि तय गरिएको मन्त्रिपरिषद् बैठक राख्न अनिच्छा देखाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ । सोही कारण अन्तरिम सरकारको अन्तिम मन्त्रिपरिषद्को बैठक नै अनिश्चित बन्न पुगेको छ ।

बिज्ञापन

यस अघि केही विवादित निर्णयहरु समेत मुख्य सचिव अर्यालले रोकिदिएका थिए । नेपाली प्राविधिक अभ्यासार्थी कामदार जापान पठाउने निर्देशिका (जिट्को) २०६६ खारेज गर्ने निर्णय मन्त्रिपरिषद्बाट भइसकेको निर्णय समेत मुख्यसचिव सुमनराज अर्यालले त्यससम्बन्धी निर्णय प्रमाणीकरण रोकिदिएका थिए । सरकारका कर्मचारीहरुद्धारा सञ्चालित ‘जान’ले जापान जाने कामदारमाथि अनावश्यक भार थोप्ने प्रक्रिया अगाडि बढाएको थियो । सोही प्रक्रिया प्रमाणीकरण गरेका थिएनन्,अर्यालले ।

बिज्ञापन

उसो त पछिल्लो समय प्रधानमन्त्री सुशीला कार्की र मुख्यसचिव सुमनराज अर्यालको सम्बन्ध औपचारिकतामा सीमित छ । एकताका तत्कालीन प्रधानमन्त्री केपी ओली र मुख्यसचिव एकनारायण अर्यालबीच पनि यस्तै अवस्था आइलागेको थियो । तथ्यांक सेवाबाट पहिलो पटक मुख्य सचिव बनेका अर्याललाई निजामतीभित्र केही सुधार गर्न नसके पनि केही नबिगार्ने प्रशासकका रुपमा लिइएको थियो । उसो त असारसम्म आफू रहुञ्जेल राजनीतिक स्वार्थ हावी हुन कुनै पनि हालतमा दिन्न भन्दै मुख्यसचिवले अडान कसेको बताइन्छ । उनले एक दिन पनि बिदा नबस्ने र गलत मान्छेलाई मुख्यसचिवको जिम्मेवारी दिन तयार नहुने अडान लिएको स्रोतको दावी छ ।

यस्तै उनको पछिल्लो अडानका कारण अन्तरिम सरकारको चुनाव अगाडिको मन्त्रिपरिषद्को बैठक समेत अनिश्चित बन्न पुगेको हो । निर्वाचन अगाडि बस्न लागेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन नै प्रभावित पार्ने गरी केही दीर्घकालीन महत्त्वका प्रस्तावहरू अघि बढाउन लागेको चाल पाएपछि उनले क्याविनेट बैठक राख्न अनिच्छा देखाएको स्रोतको दावी छ ।

बिज्ञापन

प्रधानमन्त्री र मुख्यसचिवबीच मतभेद,२५ सहसचिवको पदस्थापन अलपत्र

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

चुनाव अगाडि मन्त्रिपरिषद्को बैठक अनिश्चित,मुख्यसचिव सतर्क

मध्यपूर्व क्षेत्रका ९ देशमा तनाव हुँदा नेपालका २१ उडान रद्ध,हजारौं यात्रु अलपत्र

इरानमा अमेरिका र इजरायलको आक्रमण : कति सुरक्षित छन् त्यहाँ नेपाली ?

स्वतन्त्र उमेद्धार फूँयालको चुनावी घोषणापत्र सुशासन र उद्यमशीलता प्रथामिकता

निर्वाचनका दिन सवारी साधन नियमन : कसलाई पास चाहिन्छ, कसलाई चाहिँदैन ?

फेरि पक्राउ परे दुर्गा प्रसाई

रसुवामा एमालेको संगठन कमजोर बन्दै, दुई दर्जनभन्दा बढी नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश

जोखिममा परेका गर्भवतीका लागि बागमतीको निःशुल्क हवाई उद्धार सेवा

बिशेष