आगामी आर्थिक बर्षका लागि १९ अर्बको बजेट सिलिङ

आगामी आर्थिक वर्षको बजेटका लागि चालु वर्षको भन्दा कम सीमा निर्धारण गरिएको छ। राष्ट्रिय स्रोत अनुमान समितिले करिब १८ खर्ब ९१ अर्ब रुपैयाँको अधिकतम बजेट सीमा तय गरेको हो। चालु आर्थिक वर्षको कुल बजेट १९ खर्ब ६४ अर्ब भए पनि वर्षान्तसम्म करिब १६ खर्ब ८८ अर्ब मात्रै खर्च हुने सरकारी अनुमान छ।

बिज्ञापन

राष्ट्रिय स्रोत अनुमान समितिले आगामी वर्षका लागि १८ खर्ब ९१ अर्बको बजेटको अधिकतम सीमा निर्धारण गरेको हो। राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा हुने राष्ट्रिय स्रोत अनुमान समितिले आगामी वर्षको बजेटको सीमासहित मध्यकालीन खर्च संरचना तयार पारेको हो।

बिज्ञापन

राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा रहेको समितिले तय गरेको सीमाका आधारमा आगामी तीन वर्षका लागि सम्भावित स्रोत र खर्चको सीमा समेटिएको मध्यकालीन खर्च संरचना अर्थमन्त्रीसमक्ष पेश गरिएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनअनुसार यो प्रस्ताव फागुन ७ भित्र पेश गर्नुपर्ने व्यवस्था अनुसार समितिले बजेटको सीमा अर्थमन्त्री समक्ष पेश गरिएको हो ।

आयोगले यो मन्त्रालयमा पठाएपछि अब मन्त्रालयले यसैका आधारमा बजेटको सीमा र बजेट तर्जुमा सम्बन्धि मार्गदर्शन तयार पारी फागुन १५ गतेभित्र प्रत्येक मन्त्रालय तथा निकायमा पठाउनुपर्ने व्यवस्था छ। अर्थबाट सो मार्गदर्शन गएपछि अन्य मन्त्रालय तथा निकायले सीमामा रहेर नीति तथा कार्यक्रमसहित बजेट प्रस्ताव तयार पारी बजेट सूचना प्रणालीमा प्रविष्ट गर्नुपर्ने हुन्छ।

बिज्ञापन

चालु वर्षकै बजेट १९ खर्ब ६४ अर्बको बजेट रहेको छ। यद्यप यो बजेटबाट वर्षान्तसम्म जम्मा १६ खर्ब ८८ अर्बमात्र खर्च हुने अनुमान सरकारले गरेको छ।

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

फेरिदैं छ काठमाडौं सडकको रुपरङ्ग

आगामी आर्थिक बर्षका लागि १९ अर्बको बजेट सिलिङ

लिबिया: राजनीतिक अशान्ति, अमेरिकी प्रभुत्व, तेल राजनीति र उत्तर–अफ्रिकी भू–राजनीतिक परिदृश्य

११ जिल्लाको निर्वाचन गराउने जिम्मा महिलाको काँधमा,मुस्ताङमा सिडियो र डिएसपी नै महिला

सचिव घिमिरे अनिवार्य अवकाशमा,चालु आवमा घर जाँदैछन् यी पाँच सचिव

एमालेका संविधानसभा सदस्य तथा रसुवा अध्यक्ष जनार्दन ढकाल कांग्रेस प्रवेश, रुखमा मतदानको अपिल

वालेनको नागरिकता कीर्ते,पाँच बर्ष जेल हाल्न माग गर्दै गृहमा उजुरी

पाँच करोडको अडियोले हल्लियो भौतिक मन्त्रालय, अख्तियार किन मौन?

बिशेष