१७ बर्षे किशोरी बलात्कृत,मेयर पक्राउ

किशोरीमाथि जबरजस्ती करणीको अभियोगमा सिन्धुलीको दुधौली नगरपालिकाको नगरप्रमुख दिनेश अधिकारी दनुवारलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नियन्त्रणमा लिएको छ ।

बिज्ञापन

एक १८ वर्षीया किशोरीले मेयर अधिकारीले गर्भजस्त करणी पछि बच्चा रहन गएको र आफूले शिशुको जन्म दिएसँगै  सो बच्चा स्वीकार नगरेको आरोपसहित प्रहरीमा किटानी जाहेरी दिए पछि मेयर फरार रहेका थिए । दुधौली नगरपालिका वडा नम्बर ८ निवासी एक १८ बर्षे पीडित नगरप्रमुखको घर नजिकैको वेलकम होटलमा काम गर्थिन् । सोही क्रममा नगरप्रमुख दनुवारले बलात्कार गरेका थिए ।

बिज्ञापन

जबरजस्ती करणीको गम्भीर आरोप लागेर लामो समयदेखि फरार रहेका मेयरलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा उपस्थित भएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। गत वैशाख महिनामा ती किशोरीले अधिकारी विरुद्ध जबरजस्ती करणीको जाहेरी दर्ता गराएकी थिइन् । जाहेरीअनुसार ती बालिका १७ वर्षको उमेरमै जबरजस्ती करणीको सिकार भएकी थिइन्। उनी गर्भवती भई २०८१ फागुनमा शिशु जन्माएकी छिन्। शिशु जन्मिएपछि मात्र घटना सार्वजनिक भएको परिवारजनले बताएका छन् । नाबालिकामाथि जबरजस्ती करणीको आरोप प्रमाणित भएमा कडा सजायको व्यवस्था छ। मुलुकी अपराध संहिता, २०७४ ले १८ वर्षमुनिका बालिकामाथि करणीलाई गम्भीर अपराध मानेको छ ।

दिनेश अधिकारी २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट नगरप्रमुखमा निर्वाचित भएका थिए । उनी मेयर हुँदा आर्थिक अनियमितता तथा स्रोत साधनको दुरुपयोगमा समेत मुछिँदै आएका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

वैदेशिक लगानीको सीमा हट्यो

ल्याण्डरोभर गाडीमा करोडौं कर छली,भन्सार विभागले बनायो निर्देशकको नेतृत्वमा छानबिन समिति

रसुवा युवा संघका उपाध्यक्षद्धारा संगठन परित्याग

१७ बर्षे किशोरी बलात्कृत,मेयर पक्राउ

सात वटा सडक डिभिजन कार्यालयको कालोसूचीमा १० निर्माण कम्पनी

बालेनमाथि लाग्यो नागरिकता कीर्ते गरेको गम्भीर आरोप, प्रहरीमा जाहेरी दर्ता

१५ हजारमा किनेको शाखा अधिकृतले पुर्यायो ‘मामाघर’

मन्त्रीद्धारा सचिवको पद सृजना,मुख्यसचिव बेखबर

बिशेष