मलंगवामा सब–इन्जिनियरको गोलीकाण्ड : अदालत कर्मचारीको काम ठप्प, अनुसन्धान तीव्र

मलंगवामा आइतबार साँझ भएको सब–इन्जिनियर प्रमोदकुमार यादवको गोली हानी हत्या प्रकरणमा प्रहरी अझै स्पष्ट नतिजामा पुग्न सकेको छैन। घटनाले सदरमुकाममा त्रास र आक्रोश दुवै बढाएको छ।

बिज्ञापन

घटनाको विरोधमा सर्लाही जिल्ला अदालतका कर्मचारीले सोमबारदेखि सेवा बन्द गरेका छन्। उनीहरूले दोषी पहिचान गरी शीघ्र कानुनी कारबाही गर्न माग गर्दै निष्पक्ष अनुसन्धानको माग राखेका छन्। कर्मचारीहरूले सुरक्षा अवस्था कमजोर भएको भन्दै कार्यस्थलमा असुरक्षा महसुस गरेको बताएका छन्।

बिज्ञापन

प्रहरीको भनाइ : ‘सिसी क्यामेरा फुटेज विश्लेषणमा’

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईका अनुसार घटनामा संलग्नको पहिचानका लागि सिसी क्यामेरा फुटेजसहित विभिन्न प्रमाणहरूको विश्लेषण भइरहेको छ।

बिज्ञापन

“घटनालाई विभिन्न कोणबाट सूक्ष्म रूपमा अनुसन्धान गरिरहेका छौँ, छिट्टै नतिजा आउने विश्वास छ,” उनले बताए।

घटनास्थल प्रहरी कार्यालयबाट करिब दुई किलोमिटर उत्तरतर्फ पर्छ। रातिदेखि नै सम्भावित नाकाहरूमा सुरक्षा जाँच कडा पारिएको छ भने शंकास्पद क्षेत्रमा प्रहरी परिचालन बढाइएको छ।

३६ वर्षीय प्रमोदकुमार यादव, मूल घर सुखीपुर नगरपालिका–६, बैशखागाउँ, हाल मलंगवा–१० देवीटोलमा डेरा गरी बस्दै आएका थिए। उनी पूर्वाधार विकास कार्यालय मलंगवामा सब–इन्जिनियरका रूपमा कार्यरत थिए।

प्रहरीका अनुसार मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरूले उनलाई घरबाहिर बोलाएर गोली प्रहार गरेका थिए। देब्रे छातीमा गोली लागेका यादवलाई तत्काल प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। तर चिकित्सकहरूले साँझ ८:३० बजे मृत घोषणा गरेका थिए।

घटनापछि मधेस प्रदेशका भौतिक पूर्वाधार मन्त्री राजकुमार गुप्ताले प्रदेश प्रहरी प्रमुख डिआइजी गोविन्द थपलियालाई अनुसन्धान तीव्र बनाउन निर्देशन दिएका छन्। उनले निर्वाचनको मुखमा भएको घटनाले सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको बताएका छन्।

यसैगरी सिरहा क्षेत्र नम्बर २ का उम्मेदवार शिवशंकर यादवले घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई तत्काल कानुनी दायरामा ल्याई पीडित परिवारलाई राहत दिन माग गरेका छन्।

निर्वाचन नजिकिँदै गर्दा सार्वजनिक पदमा कार्यरत राष्ट्रसेवकमाथि भएको यो आक्रमणले सुरक्षा संयन्त्रको प्रभावकारितामाथि प्रश्न खडा गरेको छ। हत्या व्यक्तिगत द्वन्द्व, पेशागत असन्तुष्टि वा अन्य कारणसँग जोडिएको हो भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

सदरमुकाममै गोलीकाण्ड हुनु र अझैसम्म स्पष्ट सुराक ननिस्कनुले स्थानीयमा असुरक्षा बढाएको छ। अब सबैको नजर प्रहरी अनुसन्धानको नतिजातर्फ केन्द्रित भएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भ्रष्टाचार नियन्त्रण प्राथमिकतामा नपरेको पूर्वसचिव शारदाप्रसाद त्रितालको आरोप

मलंगवामा सब–इन्जिनियरको गोलीकाण्ड : अदालत कर्मचारीको काम ठप्प, अनुसन्धान तीव्र

एडीबी निर्देशनालयमा ढकालको ‘एकछत्र राज’ : कमिसन खेल, राजनीतिक आड र अलपत्र राजमार्ग

‘हिरोइज्म’ होइन वैकल्पिक राजनीति

सरकारी कोषमा खर्बाै रकम,उदेश्य एउटा अन्यत्रै खर्च

आजदेखि दल र उमेद्धारले चुनाव प्रचार प्रसार गर्न पाउने

गोली प्रहार गरी सब इन्जिनियर यादवको हत्या

४४ वर्षदेखि नेमकिपामा राज, भक्तपुर १ चुनावी गढ : घोषणापत्रमा के छ खास ?

बिशेष