बालकुमारीको गजलसंग्रह तलतल विमोचन हुँदै

खोलालाई छ निरन्तर बग्ने यात्राको तलतल
कसरी मेट्छ बगरमा छरिएका ढुङ्गाको तलतल

बिज्ञापन

बोल्नेको बिक्छ पिठो पनि भन्छन् दुनियाँमा सबले
को छन् बुझ्ने भित्ताको निश्चल ऐनाको तलतल

बिज्ञापन

यस्तै जोडदार गजलले लेख्ने बालकुमारी घिमिरे ` गजलिक´को गजलसङग्रह `तलतल ´प्रकाशन भएको छ । भुँडीपुराण प्रकाशन बागबजारले प्रकाशन गरेको यस गजल सङग्रह गजलमञ्च चितवनको आयोजनामा भोलि नारायणघाटको बालकुमारी कलेजमा विमोचित हुँदै छ ।

बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति तथा वरिष्ठ गजलकार डा. घनश्याम न्यौपाने ` परिश्रमी ´ यस गजल सङग्रहबारे लेख्छन् – बालकुमारीका यस सङग्रहभित्रका गजलमा अनेक बहर प्रयुक्त छन् । पहिलो सङग्रहमा नै यिनका गजल रूचिकर थिए भने यसमा समाविष्ट गजलहरूमा स्वादको मिठास र सौन्दर्य छटामा वृद्धि भएको देखिन्छ । गजलको सैद्धान्तिक अध्ययन र लेखनमा निरन्तरता दिइरहिन् भने यिनको गजलकारिताले नेपाली गजलपरम्परामा अवश्य पनि उच्चता हासिल गर्नेछ । ( परिश्रमी , शुभकामना , तलतल गजलसङग्रह , पृ . ग )

बिज्ञापन

परिश्रमीले भने जस्तै बहरलाई उच्च प्राथमिकता दिएर लेखिएको यस संग्रहका गजलहरू बोधगम्य र पठनीय छन् । यस गजल सङग्रह गजलप्रेमी माझ चाडै प्रीय हुने बिश्वास गर्न सकिन्छ । आगामी दिनमा पनि गजलकारले झनै राम्रो गजल लेख्ने छनक यो गजलसङग्रह पढदा बोध हुन्छ ।

बालकुमारीको गजलसंग्रह तलतल आज विमोचन हुँदैछ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बालकुमारीको गजलसंग्रह तलतल विमोचन हुँदै

अलपत्र जेन-जी र सरकारबीचको सम्झौतामा छुटेका कर्मचारीतन्त्रका कुरा

केन्द्रीय बैंकले भेट्यो तीन बैंकमा गम्भीर कैफियत : कारवाहीमा परे अध्यक्षदेखि सिइओसम्म

जसपा नेपालको चुनावी घोषणापत्र : ६ महिनाभित्र संघीय निजामती सेवा ऐन पारित गराउने

करदाता सेवा कार्यालय खारेजीको विरोधमा उत्रिए स्थानीय

६३ जिल्लाको मतपत्र छपाइ सकियो,अब ३० लाख छाप्न बाँकी

त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्था कडा,२० डिएसपीको कमाण्डमा टोली परिचालन

सहसचिव लम्साललाई पुर्नवीमा अध्यक्षको जिम्मेवारी

बिशेष