त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशद्वार आसपासको क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ। पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौँ फर्किन लागेका छन्।
बिज्ञापन
अहिले गेटबाहिर राजावादीहरूले प्रदर्शन गरेका छन् । पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतको लागि भेला भएका उनीहरूले प्रदर्शन गरेका हुन् । उनको स्वागतमा राजतन्त्र समर्थकले प्रदर्शन गर्ने भएपछि विमानस्थल क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको हो।
राजावादी समूहले दिउँसो १२ बजेपछि पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं विमानस्थलमा अवतरण भएपछि स्वागत गर्ने कार्यक्रम तय गरेको छ । त्यसैले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनलमा पनि सुरक्षा बढाइएको हो । पूर्व राजा समर्थकहरूले उनलाई विमानस्थलमा स्वागत गर्ने तयारी गरेका छन् । नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेला भएर भव्य स्वागत गर्न आव्हान गरेका छन् ।
सुरक्षा योजना अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि निर्मल निवास सम्मको रुटमा २० जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरू खटाइएको छ । फिल्डको कमान्ड जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले गरिरहेका छन् ।
बिज्ञापन
जिल्ला प्रशासन कार्यालय, काठमाडौँले विमानस्थल आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञा लगाएको भए पनि राजतन्त्र समर्थक विमानस्थल प्रवेशद्वार क्षेत्रमा भेला हुन थालेका छन्।

























