कृषि विकास बैंकले माग्यो लेखा सहायकदेखि शाखा प्रमुखसम्मको कर्मचारी

कृषि विकास बैंक लिमेटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै २४२ जना विभिन्न पदमा कार्यरत कर्मचारीका लागि आवेदन आह्वान गरेको हो ।

बिज्ञापन

बैंकले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि २४२ जनाका लागि विज्ञापन खुलाएको हो । बैंकल आठौँ तहको शाखा प्रमुखदेखि चौथो तहको लेखा सहायकसम्मका पदको लागि २४२ जना कर्मचारी माग गरेको हो ।

बिज्ञापन

सूचना अनुसार, अधिकृतस्तरका ६३ र बाँकी सहायकस्तरका २०६ जना कर्मचारी माग गरेको हो। आठौँ तहको शाखा प्रमुख १ जना, प्रशासन तर्फ छैटौँ तहको व्यवसाय अधिकृत ५२ जना, सीए १० जना, कोसी प्रदेशका लागि लेखापाल २५ जना, मधेसका लागि लेखापाल ४४ जना, बागमतीका लागि लेखापाल ३० जना, गण्डकीका लागि लेखापाल २० जना, लुम्बिनीका लागि लेखापाल ३५ जना, कर्णालीका लागि लेखापाल १५ जना, सुदूरपश्चिमका लागि लेखापाल १० जनाको लागि बैंकले दरखास्त आह्वान गरेको हो।

बिज्ञापन

यी पदमा समावेशी प्रणालीका आधारमा कर्मचारी छनोट गरिने सूचनामा उल्लेख छ। योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि नै अनलाइनमार्फत दरखास्त दिन सक्नेछन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

६३ जिल्लाको मतपत्र छपाइ सकियो,अब ३० लाख छाप्न बाँकी

त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्था कडा,२० डिएसपीको कमाण्डमा टोली परिचालन

सहसचिव लम्साललाई पुर्नवीमा अध्यक्षको जिम्मेवारी

सात महिना सरकारले उठायो ६ खर्ब ६४ अर्ब राजस्व

कृषि विकास बैंकले माग्यो लेखा सहायकदेखि शाखा प्रमुखसम्मको कर्मचारी

कता हाल्लान ५ लाख ४५ हजार सुरक्षाकर्मी र निजामती कर्मचारीले मत ?

एक सर्को बिँडी

कार्यसम्पादन मूल्यांकनमा रसुवाका ५ पालिका कालिका अब्बल,आमाछोदिङ्मोको बिजोग

बिशेष