भेरी अस्पतालको अनुगमन: उपकरण व्यवस्थापन र सुदृढीकरणमा सहयोग गर्ने मन्त्रीको प्रतिवद्धता

नेपालगञ्ज, २६ माघ २०८२

बिज्ञापन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्माले भेरी अस्पतालको स्थलगत अनुगमन तथा निरीक्षण गरेकी छिन् । मन्त्री शर्माले सोमबार सो अस्पतालको निरीक्षण गरेकी हुन । मन्त्री शर्माले सो अस्पतालमा उपचाररत बिरामीहरूसँग अन्तर्क्रिया गर्दै स्वास्थ्य सेवाको गुणस्तरबारे जानकारी समेत लिएकी थिइन ।

बिज्ञापन

अस्पतालको भौतिक पूर्वाधार, जनशक्ति र सेवा प्रवाहको अवस्था प्रत्यक्ष अवलोकन गर्नुका साथै  अस्पतालमा उपचाररत बिरामीहरूसँग अन्तर्क्रिया गर्दै स्वास्थ्य सेवाको गुणस्तरबारे जानकारी लिएसँगै मन्त्री शर्माले उपकरण व्यवस्थापन र सुदृढीकरणमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।

अस्पताल निर्देशक डा. निराजन सुवेदीले मन्त्रीलाई संस्थाको वर्तमान अवस्था, बिरामीको बढ्दो चाप, र प्रशासनिक तथा प्राविधिक चुनौतीहरूको विस्तृत ब्रिफिङ गरेका थिए । छलफलका क्रममा, अस्पतालले नयाँ सिटी स्क्यान (CT-Scan) मेसिनको व्यवस्थापन र निर्माणाधीन भवनहरूको शीघ्र सञ्चालनका लागि मन्त्रालयसँग आवश्यक पहलको माग राख्यो।

बिज्ञापन

मन्त्री शर्माले भेरी अस्पताल यस क्षेत्रकै प्रमुख ‘रेफरल सेन्टर’ भएको स्मरण गराउँदै, सिटी स्क्यान जस्ता उपकरणको व्यवस्था र अस्पतालको समग्र सुदृढीकरणका लागि मन्त्रालयले आवश्यक बजेट तथा नीतिगत समन्वयमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन ‘सरकारको स्पिरिटअनुसार काम गर्नुहोस,नसके राजीनामा दिनुहोस’

प्रधानमन्त्रीको निजी सचिवमा सहसचिव परियार,यस्तो बन्यो सचिवालय टिम

गृहमन्त्री गुरुङको सक्रियता : एकाबिहानै पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्री पक्राउ

पूर्वप्रधानमन्त्री ओली पक्राउ : जेनजी प्रदर्शनमा गोलीकाण्डबारे फौजदारी अनुसन्धान सुरु

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

नयाँ-सार्वजनिक शासन: जटिलताबाट सम्भावनामा रुपान्तरण 

महालक्ष्मी नगरपालिकामा प्रशासनिक कायापलट : अमित ढुङ्गाना आएपछि सेवा प्रवाहदेखि डिजिटल शासनसम्म परिवर्तन

समाचारबारे खण्डन : तथ्यहीन आरोपबाट भ्रम फैलाइएको भन्दै योजना प्रमुख पन्तको आपत्ति

बिशेष