जेनजी ४२ सहिद परिवारलाई उपसचिवसरह ‘मासिक पेन्सन’ : निर्णय गुपचुप

सरकारले पुनर्निर्माण कोषमा जम्मा भएको रकम प्रयोग गर्दै ४२ जेन जी सहिद परिवारलाई उपसचिव सरहको मासिक भत्ता उपलव्ध गराएको छ । जेनजी आन्दोलनका क्रममा ध्वस्त भएका सिंहदरबारसहितका संरचना ठडाउन भन्दै दाताबाट जम्मा भएको कोषको ११ करोड रकम जेनजी ४२ सहिद परिवारका नाममा निकासा गरिएको हो । ती सहिद परिवारलाई १० वर्षको भत्ताबापतको रकम एकमुष्ट निकासा गरेको हो ।

बिज्ञापन

सहरी विकास मन्त्रालयले जेनजी सहिद परिवार कल्याणकारी समाज मार्फत वितरण हुने गरी ११ करोड ९० लाख २८ हजार रुपैयाँ निकासा गरेको हो। गत ५ असोजमा बसेको मन्त्रिपरिषद्को बैठकले भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरेको थियो । ०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुन निर्माणका लागि आवश्यक आर्थिक स्रोतको व्यवस्था गरी पुन निर्माण तथा मर्मत, आर्थिक पुनरुत्थान, राहत र पुन स्थापनासम्बन्धी कार्यालय तत्काल व्यवस्थित बनाउन गठन आदेशमार्फत सो कोष स्थापना भएको हो । अर्थमन्त्री रामेश्वर खनालको अध्यक्षतामा गठित कोषमा गृहमन्त्री ओमप्रकाश अर्याल, शहरी विकास मन्त्री प्रा डा कुमार इङ्नाम र मुख्यसचिव सुमनराज अर्याल सदस्य छन् भने शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल सदस्य सचिवको भूमिकामा छन् । जेन जी आन्दोलन क्रममा तोडफोड र आगजनी भएका संरचना पुनर्निर्माणका लागि सरकारले कोष स्थापना गरेको थियो । सो कोषमा हालसम्म १४ करोड हाराहारी रकम जम्मा भएको थियो ।

बिज्ञापन

कोषमा नेपाल विद्युत प्राधिकरण– २ करोड,सूर्यज्योति लाइफ इन्स्योरेन्स– १ करोड ५० लाख,–नेपाल इन्योरेन्स कर्पोरेसन नेपाल– १ करोड १ लाख रुपैयाँ,निर्माण व्यवसायिक कोषबाट– १ करोड यस्तै नेसनल लाइफ इन्स्योरेन्स– १,सिद्धार्थ बैक– १ करोड रुपैयाँ हस्तान्तरण गरेका थिए । यस्का अलवा एफवान सफ्ट ग्रुप, ई–सेवा र फोन–पेका कर्मचारीहरुको तर्फबाट एकमुस्ट ७५ लाख रुपैयाँ, पूर्वसांसद दिव्यमणि राजभण्डारी एक्लैले ५१ लाख रुपैयाँ पुनर्निर्माण कोषमा हस्तान्तरण गरेका थिए । कोषमा हालसम्म १४ करोड हाराहारी रकम जम्मा भएको जनाइएको छ । सोही कोषको रकम प्रयोग गरेर जेनजी सहिद परिवारलाई उपसचिव सरह मासिक भत्ता उपलव्ध गराएको हो ।

सरकारले जेनजी आन्दोलनका ४२ शहीद परिवारलाई अनुदानका नाममा सरकारले मासिक २८ हजार रुपैयाँका दरले १० वर्षका लागि जीवन निर्वाह भत्ता (पेन्सन) रकम एकमुस्ट निकासा गरेको सहरी विकास मन्त्रालयले जनाएको छ । सहिद परिवारका सदस्यहरूले मासिक २१ हजार ८ सय रुपैयाँका दरले रकम माग गरेका थिए। सरकारले एक वर्षमा १२ महिना र एक महिना दसैँ खर्च गरी १३ महिनाको रकम गणना गरेको छ। यस अनुसार एक सहिद परिवारले १० वर्षका लागि एकमुष्ट १३० महिनाको रकम बापत २८ लाख ३४ हजार रुपैयाँ प्राप्त गर्नेछन्। ४२ परिवारलाई यो रकम वितरण गर्दा कुल खर्च ११ करोड ९० लाख २८ हजार रुपैयाँ हुनेछ।

बिज्ञापन

मन्त्रालय स्रोतका अनुसार गत माघ ६ गते नै उक्त रकम समाजको खातामा पठाइएको छ। गत पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले जेनजी सहिद परिवारका लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न समाजलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा ४२ जना सहिद परिवारका लागि यो रकम निकासा गरिएको हो।


जेनजी शहीद परिवारलाई सोझै मासिक पेन्सन दिन नमिल्ने भएपछि कल्याणकारी कार्यक्रममार्फत अनुदान भनेर सरकारले रकम निकासा गरेको हो । जेन जी आन्दोलनपछि सरकारले पुनर्निर्माण कोष खडा गरी सर्वसाधारणलाई समेत सहयोगको अपिल गरेको थियो। मन्त्रालय स्रोतका अनुसार पुनर्निर्माण कोष सञ्चालनसम्बन्धी गठन आदेशको दफा ९ मा रहेको व्यवस्था टेकेर यो रकम दिइएको हो। पुनर्निर्माण कोष सञ्चालनसम्बन्धी गठन आदेशको दफा ९ मा टेकेर सो रकम उपलव्ध गराइएको छ । उक्त दफामा कोषको रकम पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतका काममा खर्च गर्न सकिने उल्लेख छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मेयरको घरमा अख्तियारको छापा

जेनजी ४२ सहिद परिवारलाई उपसचिवसरह ‘मासिक पेन्सन’ : निर्णय गुपचुप

सशस्त्र प्रहरीको प्रवक्तामा डिआइजी विष्णु भट्ट

सम्बन्धको मौनता

प्रवेश पत्रमै चिट चोर्ने उमेद्धारको परीक्षा रद्ध,दुई बर्ष आयोगको कालोसूचीमा

उपसचिवको विज्ञापन रद्ध

चुनावको मुखमा श्रम मन्त्रालयमा प्रहरीको वटालियन, कर्मचारी त्रसित

निजामतीको कार्यसम्पादनप्रति मन्त्री असन्तृष्ट,मन्त्रालय- विभागसम्म प्रहरीको टुकडी तैनाथ

बिशेष