चूडामणि शर्मासहितको भ्रष्टाचार मुद्दामा विशेषज्ञ झिकाउने आदेश

विशेष अदालतले आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक तथा सहसचिव चूडामणि शर्मासहित तीन जना विरुद्धको राजस्व चुहावट सम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले विशेषज्ञ झिकाउने आदेश दिएको छ।

बिज्ञापन

विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले विशेषज्ञ झिकाउने आदेश दिएको हो। शर्मासहित कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध १० अर्ब २ करोड १९ लाख १ हजार ८२४ रुपैयाँ राजस्व छुट दिएर भ्रष्टाचार गरेको आरोप सम्बन्धी मुद्दामा आज भएको सुनुवाई पछि इजलासले विशेषज्ञ झिकाउने आदेश जारी गरेको हो ।

बिज्ञापन

यस अघि विशेष अदालतबाट भएको फैसला प्रश्न उठाउँदै सर्वोच्चले पुन सुनुवाई गर्न भन्दै फाइल फिर्ता पठाइदिएसँगै उनको भ्रष्टाचार मुद्धामा आज पुन सुनुवाइ भएको थियो । शर्मासहित कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध १० अर्ब २ करोड १९ लाख १ हजार ८२४ रुपैयाँ राजस्व छुट दिएर भ्रष्टाचार गरेको आरोप सम्बन्धी मुद्दामा विशेष अदालतले गरेको फैसलामा सर्वोच्चले कैफियत ठहर गरेसँगै सो मुद्धाको आज सुनुवाइका लागि पेसी तोकिएको थियो । ३० अर्ब ५२ करोड रुपैंयाको राजस्व फस्यौंट गर्दा ९ अर्ब ५४ करोड रुपैंयामात्रै राज्यकोषमा दाखिला भई अरु रकम अनियमित ढंगले मिनाहा भएको घटनामा शर्मा मुछिएका हुन् । शर्मा यस अघि आन्तरिक राजश्व विभागको महानिर्देशक थिए । सचिव बन्ने लाइनमा रहेका उनी यही प्रकरणमा डामिएर निलम्बनमा परेका थिए । अख्तियारले ७४ सालमै यो मुद्धा अगाडि बढाएको थियो ।

विशेष अदालतले पूर्व महानिर्देशक तथा सहसचिव चूडामणि शर्मासहित तीन जना विरुद्धको राजस्व चुहावट सम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले विशेषज्ञ झिकाउने आदेश दिएको छ। महालेखा परीक्षकको कार्यालय,आन्तरिक राजस्व विभाग र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट विशेषज्ञ झिकाउन आदेश दिएको हो ।

बिज्ञापन

सचिव बन्ने लाइनमा रहेका उनी यही प्रकरणमा डामिएर निलम्बनमा परेका थिए । अख्तियारले ७४ सालमै यो मुद्धा अगाडि बढाएको थियो । विशेष अदालतले गत वर्ष शर्मालाई ९ वर्ष कैद सजाय सुनाएको थियो । विशेष अदालतले उनलाई बिगो र जरिवाना गरी ६ अर्ब १५ करोड ७० लाख रुपैयाँ तिराउन आदेश गरेको छ । बिगो र जरिवाना वापतको रकम धरौटी राख्न नसकेपछि उनी थुनामा पुगेका थिए । यसअघि चूडामणि शर्मासहितले विशेष अदालतले राजस्व चुहावटमा दोषी ठहर गर्दा विशेषज्ञको रायमाथि जिरह गर्ने अवसर नपाएको भन्दै सर्वोच्च अदालत पुगेका थिए ।

आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक शर्मा, कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालले १० अर्ब २ करोड १९ लाख १ हजार ८२४ रुपैयाँ राजस्व छुट दिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार २५ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

विवादै विवादका पात्र सचिव सिग्देल फेरि शक्तिशाली मन्त्रालयतर्फ : भौतिकमा छिर्न रास्वपासँग लबिङ

‘किताबखानाका ती दिन’

सहसचिव पौडेल,उपसचिव पाण्डे र कम्युटर अपरेटर थापालाई पुरस्कृत गर्न सिफारिस

कर्मचारीतन्त्रमा आमूल सुधारको प्रस्ताव : मुख्यसचिव २ वर्ष, सचिव ३ वर्ष र सहसचिव १० वर्ष पदावधि राख्ने सुझाव

सुशासन ब्लुप्रिन्ट : नागरिकको हातमा सरकारका अवसर र चुनौतीहरु

कार्की आयोगको प्रतिवेदन : एआइजी शाहलाई एकै साथ कारवाही र पुरस्कारको सिफारिस

‘घुँडातल रबरको गोली चलाउने मौखिक आदेश दिएको थिएँ’ : तत्कालीन सिडिओ रिजाल

प्रधानमन्त्रीको राजीनामापछि नियन्त्रण बाहिर गयो अवस्था : तत्कालीन मुख्य सचिव अर्याल

बिशेष