छानीछानी मुद्दा मिलाउँदै मालपानी

मौकामा चौका हान्न माहिर नेपालका व्यापारीहरू आफ्नो कमजोरी लुकाउन नेताहरूको कसरी खरिद–बिक्री गर्छन् भन्ने पछिल्लो दृष्टान्त झापा क्षेत्र नम्बर ५ को निर्वाचनमा देखिएको छ । केपी ओली शक्ति र सत्तामा छउञ्जेल उनको दायाँ बायाँ घुमेर राम्रै लाभ हासिल गरेका एक बिचौलिया नै अहिले उनैलाई हराउन र बालेन साहलाई जिताउन सक्रिय रहेको प्रष्ट प्रमाण भेटिएको छ ।

बिज्ञापन

सतहमा कमलकिशोर मालपानी देखिए पनि पर्दापछाडि चर्चित बिचौलिया दीपक भट्ट नै केपी ओलीलाई हराउन सक्रिय रहेको घटनाक्रमले देखाउँदै छ । सदैव कालो रंगको चश्मा, कालो रङ्गकै कपडामा देखिने बालेन साहलाई कोशेली दिइएको कालो रंगको ०१– ०३३ च ४३४३ नम्बरको गाडी रूपन्देहीको तिलोत्तमा– १५ स्थित त्रिमूर्ति इण्डष्ट्रिज प्रालिका नाममा दर्ता रहेको यातायात कार्यालयले जनाएको छ । २०२५ मोडल र २९९६ सिसी इञ्जिन क्षमताको हाइब्रिड सवारीको बजार मूल्य साढे चार करोड रहेको छ । कैरोस इन्टरनेशनल प्रालिले उक्त डिफेण्डर गाडी हालसम्म तीन (युनिट) वटा मात्र बिक्री गरेको र एउटा मात्रै स्टकमा रहेको जनाइएको छ । असोज २३ गते प्रज्ञापन भरेर मंसिर महिनामा मात्र वीरगञ्ज भन्सारबाट यो गाडी काठमाडौँ ल्याइएको हो ।

बिज्ञापन

कमलकिशोर मालपानी राजश्व छली, सुपारी तस्करीदेखि नागरिकता प्रकरणमा समेत विवादित व्यवसायी हुन् । जानकार स्रोतहरूका अनुसार, दीपक भट्ट उनैको व्यावसायिक साझेदार छन्, केही समयदेखि । करेण्ट गुट्खा उत्पादन गर्ने श्रीराम टोबाको र करेण्ट चाउचाउ उत्पादन गर्ने यशोदा फुड्सका मालिक मालपानीबाट बिचौलिया भट्टले १८ प्रतिशत गोल्डेन शेयर हात पारेका छन् । उनैको अग्रसरतामा बालेनलाई सो गाडी चढ्न दिइएको हो ।

विनोद चौधरीको सिजीद्वारा उत्पादित वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल गरी यशोदा फुड्सले ट्रेडमार्क ऐन २०२२ को उल्लंघन र उपभोक्ता अधिकारमाथि प्रत्यक्ष हनन गरेको मुद्दा दायर भएको थियो ०७९ साउनमा । उद्योग विभागले २९ जेठ २०८० मा ब्राण्डको नाम नै फरक रहेकाले यसमा ट्रेडमार्क चोरी नहुने भन्दै करेण्टको ट्रेडमार्क दर्ता हुने ठह¥यायो । दीपक भट्टले उद्योग बिभागका महानिर्देशकहरूलाई प्रयोग गरी मुद्दाको फैसला मालपानीहरूको पक्षमा पारिदिएसँगै गोल्डेन शेयर हात पारेको बताइन्छ । गत जेठमा काठमाडौं महानगरपालिकाको बजार अनुगमन समितिलाई प्रयोग गरी चौधरी ग्रुपद्वारा उत्पादित वाईवाई चाउचाउको गुणस्तर फेल भएको भन्दै २ लाख जरिवाना तिराउने काममा समेत उनै मालपानीहरूको दवाव र प्रभावले काम गरेको स्रोतले जनाएको छ । जबकि वाइवाईमा भन्दा बढी मन्द विष करेण्ट चाउचाउमा रहेको खाद्य तथा पोषणविद्हरूको ठहर छ । करेण्ट चाउचाउमा क्याप्सिकम ओयलको अत्यधिक प्रयोग गरिन्छ । यस प्रकारको तेल गुट्खामा पनि मिसाइएको हुन्छ । यसको धेरै प्रयोगले बच्चा नहुने र क्यान्सरको जोखिम बढ्ने एक जनस्वाथ्यविद्ले बताए । तर, बालेन काठमाडौँको मेयर रहुञ्जेल कहिल्यै यशोदा फुड्सका उत्पादनहरूको अनुगमन गरेनन् ।

बिज्ञापन

वैशाखमा वाणिज्य विभागको महानिर्देशक थिए, कुमार दाहाल । यी तिनै सहसचिव हुन् जसले आरजु राणाको युलेन्स स्कुलदेखि युवराज शर्माको कन्सल्टेन्सी, कमल मालपानीको श्रीराम टोबाको प्रालिमा समेत छापा हानेका थिए । २ बैशाख, २०८२ मा श्रीराम टोबाको कम्पनीको उत्पादन बिक्री गर्ने मुख्य डिलर ललितपुरको पशुपतिनाथ इन्टरनेशनल बिजनेस प्रालिमा छापा हानी उक्त कम्पनीका उत्पादनहरूमा तौल कम देखिएकाले सिलबन्दी गर्दै त्यसका सञ्चालकहरू कमलकिशोर मालपानी, चुन्नप्रसाद शर्मा पौडेललगायतलाई ३ दिनभित्र उपस्थित हुन पत्र काटिएको थियो । यसबाट झण्डै चार अर्बको सामान रोकिन पुग्यो । बदलास्वरूप उनै मालपानीको दवावमा कुमारलाई समावेशी आयोगमा थन्काएर त्यहाँ रोशन ज्ञवालीलाई महानिर्देशक बनाएर लगियो ।
रोशन उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीका भतिज हुन् । उनै भतिजलाई लगेर श्रीराम टोबाकोको कम तौल, उपभोग्य मिति र अन्तःशुल्क स्टिकरसमेत नटाँसिएको गुट्खा बरामद प्रकरणलाई सामसुम पारिएको छ । यति मात्र होइन, श्रीराम टोबाकोले २ अर्बभन्दा बढी कर छली गरेको सूचनाका आधारमा राजश्व अनुसन्धान विभागले हात हाल्न खोज्दा चण्डिप्रसाद घिमिरेले राम्रैसँग फाइल बन्द गराएको समेत बुझिएको छ । श्रीराम टोबाकोको वार्षिक कारोबार मात्र ३ अर्बभन्दा बढी हुँदै आएकोमा केही करोड आम्दानी देखाएर राजश्व छल्दै जो शक्तिमा हुन्छ तिनैको पूजा हुने गरेको छ । स्रोतका अनुसार अहिले यसरी कोशेली खानेमा अगाडि बालेन मात्र देखिए पनि मालपानीकै सहयोगमा दुई दर्जन बढी उम्मेदवार चुनाव लड्दै छन् ।

मालपानीमाथि नक्कली भ्याट बिल, अन्तःशुल्क छली र दोहोरो नागरिकताका गम्भीर आरोप छन् । जिल्ला अदालतदेखि सर्वाेच्चसम्म गरी दुई दर्जन मुद्दा छन् । भारतीय नागरिक बालकृष्ण मालपानीका छोरा कमलकिशोरले ०१९ सालमा सप्तरीमा जन्मिएको देखाएर ३५ बर्षपछि ०५४ सालमा वंशजको आधारमा नागरिकता निकालेका थिए । एउटा जिल्लाबाट जारी भएको नागरिकताको प्रतिलिपि देखाएर ०७१ सालमा रूपन्देही जिल्ला प्रशासनबाट ३७–०२–७१–१३६५८ नागरिकता निकाल्नुले स्वाभाविकै रुपमा शंका जन्माउँछ । यसका अलावा सुपारीको कोटा बढाएर तस्करीमा सक्रिय रहेको आरोप पनि उनीमाथि छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भ्रष्टचारबाट आर्जित सम्पत्तिमा प्रशासककै रजाई,जफत गर्न जेनजी सरकार असफल

छानीछानी मुद्दा मिलाउँदै मालपानी

वातावरण निरीक्षकको विवरण उपलव्ध गराइदिन सामान्यद्धारा पत्राचार

निर्वाचन कार्यालयको गाडी दुर्घटना,निर्वाचन अधिकृतसहित पाँच घाइते

मन्त्रीका लागि क्वार्टर खोज्नै ४५ दिन, चिडियाखानाबाट बल्ल भैसेपाटी सरे वन मन्त्री

शहीद दिवस: बलिदान, सम्मान र राष्ट्रिय चेतना

सुदन गुरुङलाई पीएसओ दिन स्थानीय प्रशासनद्धारा अस्वीकार

डेढ लाख घुससहित रंगेहात पक्राउ परे इन्जिनियर

बिशेष