मन्त्रीका लागि क्वार्टर खोज्नै ४५ दिन, चिडियाखानाबाट बल्ल भैसेपाटी सरे वन मन्त्री

वनमन्त्री माधव चौलागाईं चिडियाखानाबाट मन्त्रिक्वार्टरमा सरेका छन् ।

बिज्ञापन

जेनजी आन्दोलनका कारण मन्त्री निवास लगायतका सरकारी कार्यालय तथा भवनहरु खरानी हुँदा बस्ने स्थान अभावका कारण चौलागाई जावालाखेलस्थित चिडियाखानामा बस्दै आएका थिए ।ललितपुरको भैंसेपाटीस्थित मन्त्रीहरूको सरकारी निवास जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको हुँदा जेनजी सरकारका अधिकांश मन्त्रीहरु आ आफ्नै निवासमा बसे । तर काठमाडौंमा आफ्नो घर नभएका वन मन्त्री माधव चौलागाईलाई राख्न समस्या भए पछि मन्त्रालयका सचिवदेखि  राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिवले नै मन्त्री चौलागाईंलाई चिडियाखानास्थित भवनमा राखेका थिए। मन्त्रीले प्रयोग गर्दै आएको क्वार्टर त्यहाँका कर्मचारीका लागि बनाइएको थियो । चिडियाखानाका कार्यालय प्रमुख बस्नका लागि बनाइएको क्वार्टरमै मन्त्री चौलागाईलाई राखिएको थियो । गत मंसिर २६ मा मन्त्री नियुक्त भएका उनी करिब डेढ महिना चिडियाखानामै बिताएका थिए । चौतर्फी आलोचना भएसँगै उनी मन्त्रीक्वार्टरमा सरेका हुन ।

बिज्ञापन

काठमाडौंमा आफ्नै आवास नभएका कारण तत्कालीन समयमा वन तथा वातावरणमन्त्री चौलागाईलाई सदर चिडियाखानास्थित कर्मचारी निवासमा राखिएको थियो। चौतर्फी आलोचना पछि उनी हिजोमात्र भैंसेपाटीस्थित मन्त्री आवासमा सरेका छन्।

यस अघि मन्त्रीहरुका लागि आवासको व्यवस्था संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले गर्दै आएको थियो । जेनजी सरकारका अधिकांश मन्त्रीहरु आफ्नै घरमा बस्दै आएका थिए भने काठमाडौंमा आफ्ना घर नभएका कारण सचिवालयले युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई भैंसेपाटी मन्त्री आवास भवनमा पुनर्निर्माण गरेर राखिएको थियो । मन्त्री चौलागाईले मन्त्रीहरुको आवास व्यवस्थापन गर्ने निकाय संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयलाई पटक पटक आवास व्यवस्थापनका लागि आग्रह गर्दा समेत उक्त कार्यालयले समय लाग्ने जबाफ दिँदै आएको थियो । मन्त्री गुप्ताले राजीनामा दिएर हिडेसँगै अहिले वन तथा वातावरण मन्त्री चौलागाईलाई सोही भवनमा सारिएको संघीय सचिवालयले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रीका लागि क्वार्टर खोज्नै ४५ दिन, चिडियाखानाबाट बल्ल भैसेपाटी सरे वन मन्त्री

शहीद दिवस: बलिदान, सम्मान र राष्ट्रिय चेतना

सुदन गुरुङलाई पीएसओ दिन स्थानीय प्रशासनद्धारा अस्वीकार

डेढ लाख घुससहित रंगेहात पक्राउ परे इन्जिनियर

निर्वाचन खर्च ६ प्रतिशतले बढाइयो,हालसम्म ६ अर्ब ३६ करोड निकासा

यी हुन ठेक्का ओगट्ने,काम नगर्ने ९ निर्माण कम्पनी

एउटै सरकारी अड्डा,उही दर्जाका दुई हाकिम

३० बर्षमा १ हजार १ सय ९५ कर्मचारी परे विभागीय कारवाहीमा

बिशेष