अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक इन्जिनियरलाई डेढ लाख घुससहित रंगेहात पक्राउ गरेको छ । अख्तियारको टोलीले बर्दियाको बारबर्दिया नगरपालिकास्थित भवन तथा बस्ती विकास शाखामा कार्यरत इन्जिनियरलाई डेढ लाख घुससहित रंगेहात नियन्त्रणमा लिइएको हो ।
बिज्ञापन
बारबर्दिया ७ मा रहेको जनता माध्यमिक विद्यालय रम्भापुरको ४ कोठे भवन निर्माण कार्यको अन्तिम बिल भुक्तानीको लागि सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग डेढ लाख घुस लिइरहेको अवस्थामा इन्जिनियर मोहन देव मल्ललाई आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगन्जबाट खटिई गएको टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको अख्तियाले जनाएको छ ।
























