यी हुन ठेक्का ओगट्ने,काम नगर्ने ९ निर्माण कम्पनी

ठेक्का ओगट्ने तर काम नगर्ने केही निर्माण व्यवसायीमाथि कारवाही प्रक्रिया अघि बढेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न नौ निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई सात दिने लिखित स्पष्टीकरण सोधेको हो ।

बिज्ञापन

कार्यालयले आज एक सूचना जारी गर्दै कालोसूचीमा राख्न नपर्नेको कारणसहित एक साताभित्र लिखित स्पष्टीकरण पेश गर्न भनेको हो ।

बिज्ञापन

सो कार्यालयले समयभित्र स्पष्टीकरण पेश नगरे कालोसूचीमा राख्न प्रक्रिया अघि बढाउने कार्यालयको चेतावनी छ । स्पष्टीकरण सोधिएकामा ओम गणेश निर्माण सेवा, पृथ्वी निर्माण सेवा, न्यू रोहित ट्रेडर्स एण्ड अर्डर सप्लायर्स, डाइमेन्सनल कन्स्ट्रक्सन, जिबी मेटल क्राफ्ट इन्डष्ट्रिज एण्ड सप्लायर्स, सुरज कन्स्ट्रक्सन, अर्भान कन्स्ट्रक्सन, ब्रोदर्श कन्स्ट्रक्सन र सूर्यदिप छापाखाना रहेका छन् ।

कार्यालयले विभिन्न सार्वजनिक निकायहरूबाट कालोसूचीमा राख्न निवेदन परेकोले कालोसूचीमा राख्न नपर्ने आधार प्रमाण भए सूचना प्राप्त भएको मितिले ३० दिनभित्र यस कार्यालयमा लिखित स्पष्टीकरण पेस गर्नू भनी निजहरूको ठेगानामा सूचना पठाइएकोमा हालसम्म लिखित स्पष्टीकरण पेस नभएकोले सात दिनभित्र स्पष्टीकरण पेस गर्न पुन सूचना जारी गरिएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

विवादै विवादका पात्र सचिव सिग्देल फेरि शक्तिशाली मन्त्रालयतर्फ : भौतिकमा छिर्न रास्वपासँग लबिङ

‘किताबखानाका ती दिन’

सहसचिव पौडेल,उपसचिव पाण्डे र कम्युटर अपरेटर थापालाई पुरस्कृत गर्न सिफारिस

कर्मचारीतन्त्रमा आमूल सुधारको प्रस्ताव : मुख्यसचिव २ वर्ष, सचिव ३ वर्ष र सहसचिव १० वर्ष पदावधि राख्ने सुझाव

सुशासन ब्लुप्रिन्ट : नागरिकको हातमा सरकारका अवसर र चुनौतीहरु

कार्की आयोगको प्रतिवेदन : एआइजी शाहलाई एकै साथ कारवाही र पुरस्कारको सिफारिस

‘घुँडातल रबरको गोली चलाउने मौखिक आदेश दिएको थिएँ’ : तत्कालीन सिडिओ रिजाल

प्रधानमन्त्रीको राजीनामापछि नियन्त्रण बाहिर गयो अवस्था : तत्कालीन मुख्य सचिव अर्याल

बिशेष