इन्जिनियर,शाखा-लेखा अधिकृत,निर्देशक,उपकुलपतिसम्म १९ विरुद्ध भ्रष्टाचार मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति प्रा डा संगीतासिंह भण्डारीसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।अख्तियारले शाखा अधिकृत,लेखा अधिकृत,इन्जिनियर,लेक्चरर,आइटी अफिसरदेखि उपकुलपतिसहितका १९ प्रतिवादीबाट ७ करोड ३१ लाख ८२ हजार मागदावीसहित विशेष अदालतमा मुद्धा लगेको हो ।

बिज्ञापन

अख्तियारले यस अघि नै दायर गरेको ‘एमआरआई मेशिन’ खरिदमा करोडौं अनियमितताको मुद्धामा सफाइ नपाउँदै दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति प्रा डासंगीता सिंह भण्डारीसहित १९ जनाउपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज मुद्दा दर्ता गरेको हो ।

बिज्ञापन

प्रतिष्ठानका लागि सीटी स्क्यान मशिन खरिद गर्दा गुणस्तरहीन तथा सर्त एवं मापदण्डविपरीत आपूर्ति गरेको आरोपमा उपकुलपति भण्डारीसहित तत्कालिन कामु रजिष्ट्रार तथा डेपुटी फाइनान्स म्यानेजर कैलाशप्रसाद देव, निर्देशक डा सागर पन्थी, रेडियोलोजी विभाग प्रमुख डा बोम बिसी, बोयोमेडिकल इन्जिनियरद्धय शरद भण्डारी र आषुतोश भण्डारी, शाखा अधिकृतहरु झन्कार लामिछाने, लिलाकुमारी देवकोटा र मेघबहादुर अधिकारी, तत्कालिन लेक्चरर डा श्रीसिया पोखरेल, आईटी अफिसर हिरालाल भण्डारी, लेखा अधिकृत राजीव बस्नेत, फिजियोथेरापिष्ट पूजा ठाकुर, कम्प्युटर असिस्टेन्ट सतिशबहादुर शाही, फार्मेशी सुपरभाइजर कृष्णप्रसाद जोशी, स्टाफ नर्स बिन्दु पौडेल, त्रिवि शिक्षण अस्पताल काठमाडौंका बायोमेडिकल इन्जिनियर अमितकुमार चौधरी, हिमालयन मेडिटेक प्रालिका अमर श्रेष्ठ र सन्जु राजकर्णिकारउपर पनि मुद्दा चलेको छ ।

प्रतिष्ठानका लागि सीटी स्क्यान मशिन खरिद गर्दा उनीहरूले ७ करोड ३१ लाख ८२ हजार ९८५ रुपैयाँको गैरकानूनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । भण्डारी प्रतिष्ठानको उपकुलपति रहँदा आर्थिक वर्ष २०७६–०७७ मा सिटी स्क्यान मेशिन खरिद गरिएको थियो । त्यसक्रममा उनीहरुको मिलेमतोमा ७ करोड ३१ लाख ८२ हजार ९८५ रुपैयाँ भ्रष्टाचार भएको अख्तियारको ठहर छ ।

बिज्ञापन

अख्यितारद्धारा दायर अभियोगपत्रमा प्रतिवादीहरुउपर जनही सात करोड ३१ लाख ८२ हजार ९८५ रुपैयाँ बिगो कायम गर्दै कैद र जरिवाना हुन मागदाबी गरिएको छ । यसअघि गत असोज २३ गते पनि भण्डारीसहित १३ जनाउपर एनआरआई मेशिन खरिदमा १२ करोड सात लाख बढी भ्रष्टाचार गरेको आरोपमा मुद्दा चलेको थियो ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

विवादै विवादका पात्र सचिव सिग्देल फेरि शक्तिशाली मन्त्रालयतर्फ : भौतिकमा छिर्न रास्वपासँग लबिङ

‘किताबखानाका ती दिन’

सहसचिव पौडेल,उपसचिव पाण्डे र कम्युटर अपरेटर थापालाई पुरस्कृत गर्न सिफारिस

कर्मचारीतन्त्रमा आमूल सुधारको प्रस्ताव : मुख्यसचिव २ वर्ष, सचिव ३ वर्ष र सहसचिव १० वर्ष पदावधि राख्ने सुझाव

सुशासन ब्लुप्रिन्ट : नागरिकको हातमा सरकारका अवसर र चुनौतीहरु

कार्की आयोगको प्रतिवेदन : एआइजी शाहलाई एकै साथ कारवाही र पुरस्कारको सिफारिस

‘घुँडातल रबरको गोली चलाउने मौखिक आदेश दिएको थिएँ’ : तत्कालीन सिडिओ रिजाल

प्रधानमन्त्रीको राजीनामापछि नियन्त्रण बाहिर गयो अवस्था : तत्कालीन मुख्य सचिव अर्याल

बिशेष