सरकारले रिक्त रहेका केही नियामक निकायहरुमा निर्वाचन आचारसंहिताकै बीच धमाधम नियुक्ति गर्ने प्रक्रिया अगाडि बढाएको छ । गत माघ ४ को मध्यरातदेखि निर्वाचनज आचारसंहिता लागू भएको भए पनि जेनजी तथा चुनावी सरकार धमाधम नियुक्तिको काम अगाडि बढाइरहेको छ । गत साता बसेको मन्त्रिपरिषद्को बैठकले दुई सचिवको सरुवा गरेको छ,निर्वाचन आयोगसँग स्वीकृति लिएर । यस्तै एक सहसचिवको सरुवा व्याकडेटमा गरिएको भेटिएको छ । आचारसंहिता जारी भए पछि नियामक निकाय नेपाल वीमा प्राधिकरणको अध्यक्ष नियुक्ति गरेको सरकारले फेरि अर्काे नियामक निकायमा आचारसंहिताकै बीच नियुक्ति गर्ने तारतम्य मिलाइरहेको पाइएको छ ।
बिज्ञापन
नेपाल वायुसेवा निगममा महाप्रबन्धक नियुक्ति गर्न आवेदकको प्रस्तुतीकरण र अन्तरवार्ता सुरु भएको छ । निर्वाचन आचारसंहिता जारी हुनु अघि १० जनाको संक्षित सूची तयार पारेर अन्तरवार्तासहितको प्रस्तुतीकरण प्रक्रिया अगाडि बढाएको हो ।
पर्यटन मन्त्रालयले सार्वजनिक गरेको संक्षिप्त सूचीमा उपेन्द्रबहादुर कार्की, टंकनिधि दाहाल, डा दीपकप्रसाद बास्तोला, दीपुराज ज्वारचन, डा। भीमबहादुर चन्द, योगराज कँडेल शर्मा, विष्णुबाबु मिश्र, वेदप्रसाद उप्रेती, संजयकुमार सिंह र सन्तुष्टकुमार बस्नेत छन् । यी आवेदक मध्ये पाँच जनासँग आज र बाँकी पाँचले भोलि आफ्नो प्रस्तुतीकरणसहित अन्तर्वार्ता हुँदै छ ।
पर्यटन मन्त्रालयका सचिवको संयोजकत्वको छनोट समितिले आवश्यक प्रक्रिया पूरा गर्ने र अन्तिम तीन जनाको सूची तयार पारेर मन्त्रिपरिषद्लाई दिनेछ । मन्त्रिपरिषद्ले निर्वाचन आयोगको स्वीकृति लिएर वायुसेवाको महाप्रवन्धकको नियुक्ति गर्ने तयारी भइरहेको छ । हवाई क्षेत्रको सेवामूलक व्यापारिक कम्पनी नेपाल वायुसेवाका अध्यक्ष युवराज अधिकारी कार्यकाल सकाएर घर गएसँगै ई. डोलेश्वर कोइराला, जनकराज कालाखेती हुँदै अमृतमान शाक्यलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ । सोही निकायमा महाप्रवन्धक नियुक्ति प्रक्रिया अगाडि बढिरहेको हो ।
उता,नेपाल वीमा प्राधिकरणको अध्यक्षमा हठात सचिव चन्द्रकला पौडेललाई नियुक्ति दिलाइएको छ । वीमा प्राधिकरणको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिवहरुलाई मात्र पठाइँदै आएको थियो । अर्थमन्त्री रामेश्वर खनालले सामान्य प्रशासनका सचिव चन्द्रकला पौडेललाई नियामक निकाय वीमा प्राधिकरणको अध्यक्ष बनाएर नयाँ रेकर्ड राखिएको छ,संघीय मामिला तथा सामान्य प्रशासनको मात्र होइन कि वीमा प्राधिकरणकै पहिलो महिला अध्यक्षको जिम्मेवारी दिइएको छ । यस अघि प्राधिकरणको अध्यक्षको कुर्सीमा अर्थका सहसचिव जनकराज शर्मा कार्यरत थिए । शर्मा निजामती प्रशासनमा वेदागी कर्मचारीका रुपमा चिनिन्छन् । उनी अघि प्राधिकरणको अध्यक्षमा अर्थकै सहसचिव शेवन्तक पोखरेल,मदन दाहाल कार्यरत थिए । यस्तै,मुख्यसचिवदेखि अर्थसचिवसम्मलाई कीर्तेमा मुछेर कीर्ते कागजात पेश गरी शरद ओझाले नियुक्ति लिएको बिषय अख्तियारमा विचराधिन छ ।
बिज्ञापन
यस्तै तत्कालीन महानिर्देशक प्रदीप अधिकारी भ्रष्टाचार मुद्धा लागेर डिल्लीबजार कारागार पुगेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक देवचन्द्रलाल कर्णलाई महानिर्देशकको जिम्मेवारी दिइएको छ । उता कनियामक निकाय मानिएका दूरसञ्चार प्राधिकरण,स्वास्थ्य वीमा वोर्डसम्मका निकायहरु निमित्तकै भरमा चलिरहेका छन् नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा भ्रष्टचार मुद्धा लागेर संगीता पहाडी निलम्बनमा परेसँगै नेपाल टेलिकम पनि निमित्तकै भरमा चलिरहेको छ । अहिले टेलिकमको निमित्त प्रबन्ध निर्देशक सविना मास्के जिम्मेवारीमा छिन् । यही समयमा टेलिकमको पाँच अर्वको विलिङ्ग ठेक्का रद्ध भएको छ ।
यस्का अलवा प्रदीप पौडेल स्वास्थ्य मन्त्री हुँदा नियुक्त भएका उनका तनहुँ जिल्लाबासी डा. रघुराम काफ्ले मन्त्रीको दवाव थेग्न नसकेर राजीनामा दिएर हिडेसँगै मन्त्रालयले डा. कृष्ण पौडेललाई निमित्तको जिम्मेवारी दिएको छ ।


























