अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकृत आठौं तहका एक कर्मचारी र उनका पत्नीलाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्धा दायर गरेको छ ।
बिज्ञापन
अख्तियारले तत्कालीन बरिष्ठ इन्जिनियर र उनका पत्नीलाई प्रतिवादी बनाएर ६ करोड ७८ लाख ९१ हजार १५ रूपैयाँ ९४ पैसा अकुत आर्जनको मुद्धा चलाएको हो ।
यसरी मुद्धा लागेका इन्जिनियर हुन भरत आचार्य । ४८ सालबाट सरकारी सेवामा पाइला राखेका अचार्य ०८० असार ६ गतेसम्मको अवधिमा पौने सात करोड सम्पत्तिको स्रोत खुल्न नसकेको आयोगले जनाएको छ ।
आयोगका अनुसा यो अवधिमा उनीसँग १० करोड २९ लाख ९९ हजार २२६ रूपैयाँ र १२ आम्दानी देखिएको र सोमध्ये ३ करोड ५१ लाख ८ हजार २१० रूपैयाँ १८ पैसा वैद्य देखिएको र बाँकीको स्रोत नखुलेका कारण उनी र उनको श्रीमतीलाई समेत प्रतिवादी बनाएर अख्तियार विशेषमा पुगेको हो ।
सार्वजनिक सेवाको पदमा रहँदाका बखत अख्तियारको दुरूपयोग गरी गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी श्रीमती लिली सुबेदीको नाममा सम्पत्ति खरिद गरेको देखिँदा आचार्य र उनको श्रीमतीसुवेदी उपर आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ । आयोगले आचार्यविरुद्ध ६ करोड ७८ लाख ९१ हजार १५ रूपैयाँ र ९४ पैसा बिगो कायम गरिएको छ भने कैद र जरिवाना गरी लुकाई छिपाई राखिएको सम्पत्ति जफत हुनसमेत मागदाबी लिइएको छ ।
बिज्ञापन


























