आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले विभिन्न काठमाडौं जिल्ला प्रशासनले व्यक्तिका नाममा दर्ता भएका इजाजत प्राप्त हातहतियार प्रहरी–प्रशासनलाई बुझाउन आग्रह गरेको छ ।
बिज्ञापन
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारीद्धारा जारी सूचनामा व्यक्तिका नाममा इजाजतप्राप्त हातहतियार माघ २० गतेभित्र अनिर्वाय रुपमा बुझाउन निर्देशन दिइएको छ । इजाजतप्राप्त हातहतियार र सोमा प्रयोग हुने गोलीगठ्ठा जिल्ला प्रहरी कार्यालय वा आफ्नो पायक पर्ने प्रहरीचौकी वा स्थानीय प्रशासन कार्यालमा बुझाउन सकिने छ ।
निर्वाचन सम्पन्न भएको एक महिनापछि अर्थात् चैत २० गतेपछि मात्र सम्बन्धित व्यक्तिले प्रक्रिया पूरा गरी ती हातहतियार फिर्ता लिन सक्नेछन् । सूचनामा तोकिएको समयसीमाभित्र हातहतियार नबुझाएमा प्रचलित कानूनअनुसार कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।
काठमाडौंका अलवा अन्य जिल्ला प्रशासन कार्यालयहरुले समेत यसैगरी हातहतियार बुझाउन सूचना जारी गरेका छन् । रौतहट जिल्ला प्रशासन कार्यालय,रुपन्देही जिल्ला प्रशासन कार्यालय, लमजुङ जिल्ला प्रशासन कार्यालयले पनि एक सूचना जारी गरी यही माघ २० गतेभित्र आफूसँग भएका इजाजतप्राप्त हातहतयिार बुझाउन नागरिकलाई आग्रह गरेको हो । लमजुङमा एक हजारभन्दा व्यक्तिसँग त्यस्ता हातहतियार रहेका उक्त कार्यालयले जनाएको छ ।
बिज्ञापन
यस्तै व्यक्तिका नाममा इजाजत प्राप्त हातहतियार माघ २० गतेभित्र अनिवार्य रूपमा बुझाउन निर्देशन दिइएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिए ।
यस्तै,२१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न जिल्लाका विभिन्न व्यक्तिका नाममा इजाजत प्राप्त हातहतियार माघ २० गतेभित्र अनिवार्य रूपमा बुझाउन निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले जानकारी दिएका छन् ।


























