पछिल्लो पाँच आर्थिक बर्षको कासमू सक्कल फाइल पठाउन सामान्यको परिपत्र

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरुको कार्यसम्पादन मूल्याकंनको सक्कल फाइल पठाइदिन परिपत्र गरेको छ ।
मन्त्रालयले विभिन्न मन्त्रालय,सचिवलाय,आयोग,विभाग,कार्यालय,मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,प्रदेशस्थित सबै मन्त्रालय र कार्यालय र ७५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै राजपत्र अनंकित प्रथम श्रेणी (नासु) तहको कार्यसम्पादन मूल्याकंनको सक्कल फाइल पठाइदिन परिपत्र गरेको हो ।

बिज्ञापन

मन्त्रालयले नेपाल आर्थिक योजना तथा तथ्यांक सेवा,तथ्यांक समूह,नेपाल इन्जिनियरिङ सेवा,सिभिल इन्जिनियर समूह,जनरल उपसमूह,नेपाल प्रशासन सेवा,सामान्य प्रशासन समूह र नेपाल विविध सेवा,कम्युटर अपरेटर,महिला विकास निरीक्षक लगायत सेवा समूह तथा उपसमूहका कर्मचारीहरुको कार्यसम्पादन मूल्याकंनको सक्कल फाइल शिलबन्दी गरी यथाशिघ्र मन्त्रालयमा पठाउन सामान्यले परिपत्र गरेको हो ।

बिज्ञापन

निजामती सेवा ऐन २०४९ को दफा २४ क(६) को नियमावली २०५० को नियम ७८ ख(५) बमोजिम निजामती कर्मचारीहरुको एक प्रति बार्षिक कार्यसम्पादन मूल्याकंन फाराम बढुवा समितिको सचिवालयमा अनिवार्य पठाउनु पर्ने व्यवस्था भए पनि माथि उल्लेखित सेवा समूहका कर्मचारीहरुको कार्यसम्पादन मूल्याकंन फाराम प्राप्त नहुँदा बढुवा कार्यमा विलम्ब भएको कारण यथाशीघ्र पाँच आर्थिक बर्षको कार्यसम्पादन मूल्याकंन फारामको सक्कल शिलबन्दी गरी पठाउन मन्त्रालयले सम्बन्धित निकायहरुलाई परिपत्र गरेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नयाँ मन्त्रीलाई छैन क्वार्टर : घर हुनेलाई सुविधा, नहुनेलाई भाडामा

अदालतका सुब्बालाई बहालवाला तीन सचिवभन्दा माथिल्लो पदमा नियुक्ति, मध्यराती पदभार ग्रहण

प्रमुख प्रशासकीय अधिकृतलाई मेयरको आग्रह ‘घर बस्दा बस्दै दिक्क लाग्यो होला,अफिस आउनुहोस’

प्रधानमन्त्रीको शपथ कार्यक्रमको प्रबन्ध मिलाइदिन मुख्य सचिवलाई रास्वपा महामन्त्रीको पत्र

सचिव पन्थको सरुवा

विवादै विवादका पात्र सचिव सिग्देल फेरि शक्तिशाली मन्त्रालयतर्फ : भौतिकमा छिर्न रास्वपासँग लबिङ

‘किताबखानाका ती दिन’

सहसचिव पौडेल,उपसचिव पाण्डे र कम्युटर अपरेटर थापालाई पुरस्कृत गर्न सिफारिस

बिशेष