काठमाडौँ । आन्तरिक राजस्व विभागले विभाग तथा मातहत कार्यालयहरूमा कार्यरत ६५ जना कम्प्युटर अपरेटरहरूको सरुवा गरेको छ।
बिज्ञापन
बुधबार विभागले नियमित प्रशासनिक व्यवस्थापनअन्तर्गत कम्प्युटर अपरेटरहरूको सरुवा गरेको जनाएको छ। सरुवासँगै केही कर्मचारीलाई विभागअन्तर्गतका कार्यालयहरूमा र केहीलाई विभिन्न आन्तरिक राजस्व कार्यालयहरूमा जिम्मेवारी तोकिएको छ।
विभागका अनुसार सेवा प्रवाहलाई प्रभावकारी बनाउने, कार्यसम्पादन सन्तुलन कायम गर्ने तथा कर्मचारी व्यवस्थापनलाई चुस्त बनाउने उद्देश्यले सरुवा गरिएको हो। सरुवासम्बन्धी विवरण विभागको आन्तरिक सूचनामार्फत सम्बन्धित कार्यालयहरूलाई जानकारी गराइसकिएको छ।
सरुवा भएका कर्मचारीहरूलाई तोकिएको कार्यस्थलमा समयमै हाजिर हुन निर्देशन दिइएको विभागले जनाएको छ।


























