सरुवा बदर गराउन अदालत धाउने, मालपोतमै बसेर सेटिङ चलाउने : अशोक भट्टराईको खुलेआम अराजकता

मालपोत कार्यालय लगनखेलका कार्यालय प्रमुख अशोक कुमार भट्टराईको कार्यशैली र आचरणबारे निरन्तर गुनासो आउन थालेपछि कानुनका ज्ञाता प्राडा कुमार इङनामको पहलमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनलाई सरुवा गरेको थियो। मन्त्रालयले हालै भट्टराईलाई मालपोत कार्यालयबाट हटाई मन्त्रालयकै अतिरिक्त समूहमा राख्ने निर्णय गरेको हो।

बिज्ञापन

तर सरुवा भइसकेपछि पनि अशोक कुमार भट्टराईले रमना नलिई कार्यालयमै बसेर सेटिङ, दबाब र बिचौलिया खेल चलाइरहेको गम्भीर आरोप सार्वजनिक भएको छ।

बिज्ञापन

उदयपुर गाईघाटका बिचौलिया प्रमोद खड्कालाई करिब ४० लाख रुपैयाँ लगानी गरेर कार्यालय प्रमुख बनेको आरोप खेपिरहेका भट्टराई सरुवा भएपछि भने पानीबिनाको माछा जस्तै छटपटाइरहेका छन्। पुनः लगनखेल मालपोत फर्किन उनी कहिले प्रशासकीय अदालतको ढोका ढकढक्याइरहेका छन् भने कहिले उनै बिचौलियालाई भेट्न दौडधूप गरिरहेका छन्।

सेकुवा कर्नरमा दिनभर ‘गोप्य गफ’

बिज्ञापन

पौष २७ गते पृथ्वी जयन्तीका दिन सिनामङ्गलस्थित बाजेको सेकुवा कर्नरमा अशोक कुमार भट्टराई, बिचौलिया प्रमोद खड्का र उनीहरूका सहयोगीहरू दिनभर गफमा व्यस्त देखिएका थिए। आर्मी कलरको स्कर्पियो (बा १२ च १२७९) बाट झरेर उनीहरू त्यहाँ लामो समय छलफलमा बसेको प्रत्यक्षदर्शीको भनाइ छ। सरुवा भइसकेको व्यक्ति यसरी सार्वजनिक स्थानमै बिचौलियासँग बैठक बस्नुले गम्भीर आशंका जन्माएको छ।

राय किताबदेखि अभिलेखसम्म छानबिनको माग

भट्टराई सरुवा भएको मितिदेखि हालसम्म राय किताब छानबिन, कम्प्युटर र मोट श्रेष्त्ता अभिलेख परीक्षण गर्नुपर्ने अवस्था देखिएको छ। तर रमना नलिई कार्यालयमै बसेर प्रभाव जमाउँदै, मन्त्रीकै निर्णयलाई चुनौती दिँदै भ्रष्टाचारजन्य गतिविधि निरन्तरता दिएको आरोपले प्रशासनिक मर्यादामाथि प्रश्न उठेको छ।

सरुवा भइसकेको व्यक्ति खुलेआम कार्यालय चलाइरहनु, अदालत धाउँदै बदरको माग गर्नु र बिचौलियासँग बैठक बस्नुले प्रशासनिक अराजकता कि उच्चस्तरीय संरक्षण—दुवै सम्भावना देखाएको छ। अब प्रश्न उठेको छ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस्ता गतिविधिमाथि कडा कारबाही गर्छ कि फेरि मिलेमतोको खेल दोहोरिन्छ?

‘घुस्याहा अड्डा’बाट सरुवा भएका दुई मालपोत प्रमुख पुगे प्रशासकीय अदालत

४० लाख लगानी, २७ लाख मासिक कर्मचारीबाटै असुली: लगनखेल मालपोतमा कर्मचारीमाथि ‘कोटा सिस्टम’को आतंक

लगनखेल मालपोत ‘कमाइको अड्डा’: सरुवा कागजमै, नासु बस्नेतको रजगज यथावत्

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मौन अवधिमा सरकारी सवारीमाथि शंका: निजी नम्बर प्लेट जडान आरोपमा पूर्वसभामुखका ज्वाइँ नियन्त्रणमा

मध्यपूर्वमा बदलिँदो शक्ति–सन्तुलन, आतंकवाद र इरान–अमेरिका तनाव 

यस्तो छ उपसचिव बढुवाको संशोधित सूची

निर्वाचनमा खटिएका २ लाख २१ हजार कर्मचारीलाई शतप्रतिशत सुविधा, २० लाखसम्म बिमा

ड्युटीमा खटिएका कर्मचारीको निधन

सिंहदरबार,सर्वाेच्च अदालत जलाउने १३ विरुद्ध मुद्धा दर्ता,अर्बाैको विगो

कर्तव्यको मैदानमै अस्ताए आधा दर्जन राष्ट्रसेवक

यी ६ प्रकारका सरकारी कागजात देखाएर गर्न पाइन्छ मतदान

बिशेष