स्थानीय तहबाट संघीय संसदमा उक्लने तयारीमा तीन ‘चर्चित मेयर’

आगामी फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयर रेणु दाहाल उमेद्धार बन्ने भएकी छिन् । स्थानीय तहका पालिकाहरूमा अध्यक्ष र मेयर भएका दलका र स्वतन्त्र भनिएकाहरु नै संघीय निर्वाचनमा होमिने तयारीमा लागेका छन् ।

बिज्ञापन

सबैभन्दा बढी चर्चामा रहेका छन् काठमाडौंका मेयर बालेन साह । उनी बहालवाला काठमाडौंका मेयर हुन् । उनी प्रधानमन्त्री हुनका लागि नै प्रतिनिधिसभामा कुनै एक निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिनेछन् । उनलाई रास्वपाले प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरेको छ । यस कारण उनी मेयरबाट राजीनामा दिनुपर्ने हुन्छ ।

बिज्ञापन

यस्तै प्रतिनिधि सभा उमेद्धारका रुपमा सिफारिस हुनेमा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल पनि छन् । उनी एक कार्यकाल पूरा गरेर यो दोस्रो कार्यकाल हो । उनी पनि चितवन– ३ बाट प्रतिनिधिसभाका लागि सिफारिस भएकी छन् । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले संसदीय निर्वाचनमा उठ्न मेयर पदबाट राजीनामा दिने बताएकी जनाएकी छिन् । उनले आफू भरतपुर महानगरमा आफू केही दिनको पाहुना भएको बताउँदै अब माघको पहिलो हप्ता राजीनामा दिने बताएकी हुन् । दाहाल नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डकी पुत्री हुन । उनी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चितवनबाट सिफारिस भएकी छन् । स्थानीय सरकारको प्रमुख भएर तीन वर्ष पुग्नै लाग्दा दाहालले प्रतिनिधिसभाका लागि तयारी गरेकी छन् ।

हर्क साम्पाङ पनि धरान उपमहानगरपालिकाका मेयर हुन् । उनले श्रम संस्कृति पार्टी खोलेका छन् । उनी पनि मेयरबाट राजीनामा दिएर प्रतिनिधिसभाको उम्मेदवारी दिने तयारीमा छन् । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह राष्ट्रिय स्वतन्त्र पार्टीबाट, भरतपुर महानगरकी मेयर रेनु दाहाल नेकपाबाट र धरानका मेयर हर्क साम्पाङ श्रम संस्कृति पार्टीबाट सांसद बन्ने तयारीमा छन् ।

बिज्ञापन

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल अझै १६ महिना बाँकी छ । तर, देशका सर्वाधिक चर्चित’ मेयरहरु कार्यकाल पूरा गर्ने धैर्यता नदेखाइ संसदीय चुनावतिर मोडिएका छन् । यी तीनै जनाले माघको पहिलो साता राजीनामा दिएर प्रतिनिधि सभाको निर्वाचनमा होमिने तयारी गरिरहेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पाँच करोडको अडियोले हल्लियो भौतिक मन्त्रालय, अख्तियार किन मौन?

काँग्रेसको प्रतिज्ञा :मन्त्रालयको संख्या घटाउने,दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने

एमाले नेता ढकालसहित ७८ जना कांग्रेस प्रवेश

नयाँ मापदण्डले भत्किएन भिजिट भिसाको सेटिङ,प्रति यात्रु ३० हजारसम्म असुली

उपत्यकाको फोहोर व्यवस्थापनका लागि अब १७ स्थानीय तहले खर्च गर्ने

रास्वपामा रोकिएन पहिरो,ममता र उर्मिला पछि दिनेशद्धारा पार्टी परित्याग

एमालेमा ठूलो झट्का : जनार्दन ढकाल कांग्रेस प्रवेश गर्दै, रसुवाको राजनीतिक समीकरण उल्टिने संकेत

प्रेम तामाङको उम्मेदवारीपछि रसुवामा एमाले युवाको विद्रोह : फागुन २१ अघि धमाधम राजीनामा

बिशेष