भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी गोविन्द प्रसाद रिजाललाई दिइएको छ । यस अघि सो महाशाखा सम्हाल्दै आएका मदन कोइराला गृहमा भित्रिएर कञ्चनपुरको प्रमुख जिल्ला अधिकारी बनेर गएसँगै अस्तिको लटमा ६० सहसचिवको सरुवा हुँदा गृहबाट भूमिमा पुगेका सहसचिव रिजाललाई कर्मचारी प्रशासन महाशाखाको जिम्मेवारी दिइएको हो ।
बिज्ञापन
रिजाल यस अघि अध्यागमन विभागको महानिर्देशक,गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख,श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रवक्ताको भूमिका निर्वाह गरिसकेका छन् ।
गृह प्रशासनका अनुभवी रिजालले यस अघि जाजरकोट, सल्यान, कैलाली, दाङ, रौतहट, मकवानपुर र काठमाडौँका प्रमुख जिल्ला अधिकारी समेत भइसकेका छन्।
निजामती प्रशासनभित्र सहसचिव रिजाल सुधारवादी प्रशासकका रुपमा चिनिन्छन् ।

























