कर्णालीमा २८ प्रतिशत कर्मचारी अभाव

प्रदेश सरकार सञ्चालन भएको ८ वर्ष बितिसक्दा पनि कर्णाली प्रदेशले कर्मचारी अभाव झेलिरहेको छ । भौगोलिक विकटताका कारण एक त कर्मचारीको रोजाइमा कर्णाली पर्दैन भने आएका कर्मचारीहरू वर्ष दिन बढी टिक्दैनन् । जसले गर्दा प्रदेश सरकारको कार्यसम्पादनमा प्रत्यक्ष असर परिरहेको हुन्छ ।

बिज्ञापन

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कर्णालीमा अझै २८ प्रतिशत कर्मचारीको अभाव छ । कर्मचारी अभावको चर्काे मार खेपिरहेको कर्णाली प्रदेश लोकसेवा आयोग कामविहीन बनेको छ । प्रदेश सरकारले चालू आर्थिक वर्ष नयाँ कर्मचारी पदपूर्तिका लागि माग फाराम पठाएको छैन । त्यहाँ २८ प्रतिशत कर्मचारी अभाव छ ।

बिज्ञापन

आयोगले नवौँ, सातौँ, पाँचौँ र चौथो तहका लागि मुख्यमन्त्री कार्यालयमा माग फाराम भरेर पठाउन आग्रह गरेको थियो तर प्रदेश सरकारले दरबन्दी नै नपठाएकाले कुनै काम हुन नसकेको आयोगका उपसचिव प्रेमप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार, यो वर्ष आयोगले कुनै पनि विज्ञापन निकालेको छैन । उता, २०८१ चैत १९ गते बसेको मन्त्रिपरिषद् बैठकले नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) स्वीकृत नहुँदासम्म पदपूर्तिका लागि कुनै विवरण नपठाउने निर्णय गरेको छ ।

नयाँ ओएनएम तयार भए हाल कायम कर्मचारी दरबन्दी संख्यामा बृद्धि हुने प्रदेश सरकारको भनाइ छ । नयाँ ओएनएमका लागि कार्यालयले स्थानीय तहबाट विवरण मागेको छ । अहिले कर्णाली प्रदेशका लागि दुई हजार नौ सय जनाको दरबन्दी कायम गरिएको छ । यसैबीच, केही दिनअघि प्रदेश सरकारले आर्थिक भार कम गर्न मन्त्रालय गाभेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय औपचारिक रूपमै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लगिएको छ । पदपूर्ति प्रक्रिया रोकिँदा प्राविधिकतर्फका कर्मचारीको अभाव देखिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बालकुमारीको गजलसंग्रह तलतल विमोचन हुँदै

अलपत्र जेन-जी र सरकारबीचको सम्झौतामा छुटेका कर्मचारीतन्त्रका कुरा

केन्द्रीय बैंकले भेट्यो तीन बैंकमा गम्भीर कैफियत : कारवाहीमा परे अध्यक्षदेखि सिइओसम्म

जसपा नेपालको चुनावी घोषणापत्र : ६ महिनाभित्र संघीय निजामती सेवा ऐन पारित गराउने

करदाता सेवा कार्यालय खारेजीको विरोधमा उत्रिए स्थानीय

६३ जिल्लाको मतपत्र छपाइ सकियो,अब ३० लाख छाप्न बाँकी

त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्था कडा,२० डिएसपीको कमाण्डमा टोली परिचालन

सहसचिव लम्साललाई पुर्नवीमा अध्यक्षको जिम्मेवारी

बिशेष