इञ्जिनियरिङ सेवामा ६ जना सहसचिवमा बढुवा सिफारिस

काठमाडौं — सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत बढुवा समितिको सचिवालयले नेपाल इञ्जिनियरिङ सेवाका विभिन्न समूह तथा उपसमूहमा रिक्त रहेका राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) पदमा बढुवा सिफारिस गरेको छ।

बिज्ञापन

मन्त्रालयद्वारा प्रकाशित सूचनाअनुसार, लोक सेवा आयोग को बढुवा सूचना नम्बरअनुसार कार्यक्षमताको आधारमा हुने बढुवाका लागि बढुवा समितिको मिति २०८२/०९/१३ गतेको निर्णयअनुसार योग्यताक्रमका उम्मेदवारलाई बढुवाका लागि सिफारिस गर्ने निर्णय भएको हो। यो सूचना सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले प्रकाशित गरेको हो।

बिज्ञापन

सूचनामा उल्लेख भएअनुसार, निजामती सेवा ऐन, २०४९ को दफा २०(४) र २४च. बमोजिम बढुवा प्रक्रिया अघि बढाइएको छ।

बढुवा सिफारिस हुनेहरूमा नेपाल इञ्जिनियरिङ सेवा, सिभिल इञ्जिनियरिङ समूह, जनरल उपसमूहअन्तर्गत राजपत्राङ्कित प्रथम श्रेणीमा प्रकाश चौधरी, ओमराज ढुङ्गाना र मनिष कुमार अर्याल रहेका छन्।

बिज्ञापन

त्यसैगरी, नेपाल इञ्जिनियरिङ सेवा, सिभिल समूह, हाइवे उपसमूहअन्तर्गत राजपत्राङ्कित प्रथम श्रेणीमा विजयकुमार महत्व र धर्मेन्द्र कुमार झा बढुवा सिफारिस भएका छन्।

नेपाल इञ्जिनियरिङ सेवा, सिभिल इञ्जिनियरिङ समूह, बिल्डिङ्ग एण्ड आर्किटेक्ट उपसमूहअन्तर्गत राजपत्राङ्कित प्रथम श्रेणीमा सुमन सालीके बढुवा सिफारिस भएका छन्।

मन्त्रालयले सम्बन्धित कानुनी व्यवस्थाअनुसार आवश्यक प्रक्रिया पूरा गरी बढुवा कार्यान्वयन गरिने जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

विमानस्थलमा अझै धेरै छन् ‘बेथिति’को जालो

अख्तियारले मुद्दा हालेको व्यक्ति नै ‘पोस्टिङ–रेट’को नाइके ! भ्रष्टाचार मुद्दा जितेपछि झन् उग्र

सामान्य प्रशासनमा सेटिङ साम्राज्य : घिमिरे–कार्की जोडीले चलाएको सरुवा बजार

इञ्जिनियरिङ सेवामा ६ जना सहसचिवमा बढुवा सिफारिस

गुठीको नाममा मनपरी असुली : स्याङजा मालपोतका नासु अख्तियारको अनुसन्धानमा

लेखापाल,लेखा सहायक र लेखा अधिकृतलाई साधरण तारेखमा छाड्न आदेश

सर्वाेच्चमा किन बस्दैछ १९ न्यायधीशको वृहत्त पूर्ण इजलाश ?

थपिए ९ लाख १५ हजार मतदाता

बिशेष