पाँचौ पटक मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री कार्की,पूर्व रथी शर्मा बन्दैछन् परराष्ट्र मन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो क्याविनेट विस्तार गर्न लागेकी छिन् । कार्कीले पाँचौं पटक क्याविनेट विस्तार गरी नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा मन्त्री बनाउन लागेकी हुन ।

बिज्ञापन

उनलाई पराराष्ट्रको जिम्मेवारी दिने तयारी भएको बताइएको छ । उक्त मन्त्रालय हाल प्रधानमन्त्री सुशीला कार्की आफैँले सम्हाल्दै आएकी छन् । योसँगै अब कार्की मन्त्रिपरिषद् १५ सदस्यीय बन्नेछ।

बिज्ञापन

कार्कीले आफू प्रधानमन्त्री भएसँगै शुरुमा रामेश्वर खनाल,कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई मन्त्री परिषद्मा समेटेकी थिइन । दोश्रो चरणमा अनिलकुमार सिन्हा, महावीर पुन,मदन परियार र जगदीश खरेललाई मन्त्री बनाएकी थिइन । यस्तै तेस्रो चरणमा सुधा गौतम र बब्लु गुप्‍तालाई मन्त्री परिषद्मा समेटिएको थियो भने चौथौं पटक मन्त्रिपरिषद् विस्तार गरी कुमार इङ्नाम, राजेन्द्रसिंह भण्डारी, माधव चौलागाईं र श्रद्धा श्रेष्‍ठ थपिएकोमा आजै बालानन्द शर्माले मन्त्रीको शपथ लिन लागेका हुन ।

मन्त्री बन्न लागेका शर्मा पूर्वरथी सेना समायोजन विशेष समिति सचिवालयको संयोजक समेत बनेका थिए । नेपाली सेनामा माओवादी लडाकुहरुको समायोजनको कुशल डिजाइनरका रुपमा उनलाई चिनिन्छ । राजनीतिक दबाबका बीच ३० हजार माओवादी लडाकूलाई घटाएर १५ सयभन्दा थोरैलाई मात्र समायोजनमा पार्नु र स्वेच्छिक अवकास रोज्नेहरुलाई निश्चित रकम दिएर घर फर्काउने काममा उनले महत्वपूर्ण भूमिका खेलेको बताइन्छ ।

बिज्ञापन

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

वनमा वेथिती : बढुवाको अंक जोड्न दुर्गम पठाइने कर्मचारीको यस्तो बन्दैछ सूची

१२ सहसचिव र एक उपसचिवको सरुवा,१२ जनालाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी

पाँचौ पटक मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री कार्की,पूर्व रथी शर्मा बन्दैछन् परराष्ट्र मन्त्री

रिक्त आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी खटाइँदै,को को छन् चर्चामा ?

संयोग कि प्रतिशोध : सचिव बनेलगतै पूर्व पत्नीलाई दुर्गम सरुवा

जहाँ जुनियर हाकिमले सिनियर कर्मचारी खटन पटन गरिरहेछन्

प्रदेश लोकसेवाले माग्यो अधिकृत सातौं तहका लागि १८७ कर्मचारी

थप दुई उपसचिव सहसचिवमा बढुवा सिफारिस

बिशेष