सहरी विकास मन्त्रालयका सचिवको कार्यशैलीविरुद्ध पाँच घण्टा धर्ना

स्वतन्त्र कर्मचारी अभियानका संयोजक पशुपति पोखरेलले सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आज मन्त्रालय परिसरमै करिब पाँच घण्टा धर्ना दिएका छन्। निरन्तर कर्मचारीहरूको हितमा लडिरहँदा पनि सचिवस्तरबाट सहयोग नपाएको र समान व्यवहार नगरिएको भन्दै उनी धर्नामा बसेका हुन्।

बिज्ञापन

पोखरेलले जनाएअनुसार, जेन–जी आन्दोलनपछि सरकार परिवर्तन भए पनि सत्ताका प्रशासकहरूको सोच, व्यवहार र कार्यशैलीमा कुनै परिवर्तन नआएको आरोप लगाए। “परिस्थिति अनुसार काम गर्नुपर्ने बेला अझै पुरानै मानसिकता बोकेर प्रशासन चलाइएको छ,” उनले भने।

बिज्ञापन

धर्नाका क्रममा जेन–जी आन्दोलनका विषयमा “जेन–जी को हुन्, के गर्छन्, आए–गए?” भन्दै खिसिटिउरी गरिएकोप्रति कडा आपत्ति जनाइएको छ। उनले पटक–पटक कर्मचारीलाई समान व्यवहार गर्न र काम दिन आग्रह गर्दा समेत बेवास्ता गरिएको बताए।

साथै, जेन–जी आन्दोलनका क्रममा क्षति भएका संरचनाको परामर्श (कन्सल्टेन्ट) कार्यमा सीमित व्यक्तिहरू हावी भएको, विभाग तथा कार्यालयहरूमा आफ्ना नजिकका व्यक्तिलाई मात्रै काम दिने खुराफाती प्रवृत्ति बढेको आरोप पनि लगाइएको छ।

बिज्ञापन

पोखरेलले प्रशासन नसुधारिएसम्म देशमा सकारात्मक परिवर्तन सम्भव नहुने भन्दै सबै सरोकारवालालाई यस विषयमा गम्भीर ध्यान दिन आग्रह गरे।

धर्ना कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाइएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रालयको संख्या कटौती हुने भए पछि उच्च प्रशासकहरुको निदहराम

पहिलो क्याविनेटमै सार्वजनिक सेवा प्रवाहमा ऐतिहासिक निर्णय गर्दैछन् बालेन

आजै मन्त्रीको नाम टुंग्याउने रास्वपाको तयारी,को को छन् चर्चामा ?

अधिकृत र बिचौलियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नयाँ मन्त्रीलाई छैन क्वार्टर : घर हुनेलाई सुविधा, नहुनेलाई भाडामा

अदालतका सुब्बालाई बहालवाला तीन सचिवभन्दा माथिल्लो पदमा नियुक्ति, मध्यराती पदभार ग्रहण

प्रमुख प्रशासकीय अधिकृतलाई मेयरको आग्रह ‘घर बस्दा बस्दै दिक्क लाग्यो होला,अफिस आउनुहोस’

प्रधानमन्त्रीको शपथ कार्यक्रमको प्रबन्ध मिलाइदिन मुख्य सचिवलाई रास्वपा महामन्त्रीको पत्र

बिशेष