अख्तियारमै बसेको सहसचिवलाई त्रिवि अध्यागमनमा खटाउँदा समेत रोकिएन विकृती

खाने मुखलाई जुँगाले कहाँ छेक्छ र ? रमेश लेखक र गोकर्णमणि दुवाडीका ‘एस म्यान’हरुले भिजिट भिसाको नाममा गडबडी गरे भनेर अख्तियारमै बसेका सहसचिव नरहरी घिमिरे त्रिवि अध्यागमन एयरपोर्टको हाकिम बनाएर पठाइएनमात्र कि यो विकृती रोक्न मापदण्डै परिवर्तन पनि गरियो तर विचौलियासँग मिलेर गर्ने सेटिङ्ग गरेर दोहन गर्ने कर्मचारीको प्रवृत्ति २० को १९ भएको छैन ।

बिज्ञापन

जेनजीको सरकार आए पछि त्रिवि विमानस्थल एयरपोर्टमा खटिएका कर्मचारीहरुले समेत भिजिट भिसामा विदेश उड्न लागेका यात्रुहरुलाई सताउने क्रम रोकिएको छैन । अहिले पनि महिलाको हकमा २५ हजार र पुरुषको हकमा १५ हजार विभिन्न ट्राभल एजेन्सी र मेनपावर मार्फत असुलेर प्रस्थान अनुमती दिइने र रकम असुली नभएका अर्थात सेटिङ्गभन्दा बाहिरबाट उड्न खोज्नेहरुलाई बीचबाटैबाट फर्काउने,हर्काने दुख दिने धन्दा जारी छ,त्यहाँ । हालैमात्र भिजिट भिसाको नाममा धन्दा जारी रहेको प्रमाण भेटिएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले अधिकृतद्वय हेमन्ती साउद र बबिता मरासिनीलाई त्यहाँबाट हटाएर क्रमश जिल्ला प्रशासन कार्यालय डडेलधुरा र ईलाका प्रशासन कार्यालय पाल्पा रामपुरमा सरुवा गरेर जोगाइएको फेला परेको छ । यो प्रकरणमा जो होचो उसैको मुखमा घोचो भनेझैं दुई महिला अध्यागमन अधिकृतहरुलाई सरुवा गरेर उन्मुक्ति दिइए पनि उच्च तहका कर्मचारीहरुमाथि भने कुनै छानबिन नै नभएको भेटिएकाहो । भिजिट भिसामा ओमान जान लागेका यात्रुलाई ‘अपलोड’ गरेको सूचनाका आधारमा आन्तरिक छानबिनको क्रममा बिचौलियासँग मिलेर रकम असुल्ने नियतले उनीहरुले यात्रु अफलोड गरेको पाइएपछि सरुवा गरेर उन्मुक्ति दिइए पनि विचौलिया,मेनपावर व्यवसायी र उच्च तहका कर्मचारीहरुमाथि कुनै अनुसन्धान नभइ घटना सामसुम पारिएको भेटिएको छ । भिजिट तथा पर्यटक भिसामा विदेश जानेहरुबाट ‘सेटिङ’मा हुने असुली नियन्त्रण गर्न गृहले कात्तिक १३ देखी नयाँ मापदण्ड लागु गरेको थियो सो मापदण्ड अनुसार राहदानी, भिसा र गन्तव्यसम्मको हवाई टिकट भएमा यात्रुहरू भिजिट भिसामा विदेश जान पाउँने व्यवस्था गरिएको छ ।

बिज्ञापन

उसो त यस्तो खेतीपातीमा पछिल्ला दुईबर्षमा मात्र ४ हजार ६ सय ५८ यात्रु विदेश उडेको विस्तृत विवरण नै कर्मचारी प्रेसको हात लागेको छ । भिजिट भिसाको खेतीपाती रोक्नका लागि टिआइए प्रमुख नरहरी घिमिरेलाई खटाइएको छ । वरिष्ट अध्यागमन अधिकृतमा कमानसिह थापा मगर, अच्युत ढुंगाना र फणीन्द्र पौडेल त्यहाँ पुगेका छन् । यीनै तीन उपसचिवहरुको संयोजनमा नयाँ ग्रुप विभाजन गरी विभिन्न प्रयोजनका लागी पर्यटक भिषामा विदेश जाने व्यक्तिहरुलाई महिलाको हकमा २५ हजार र पुरुषको हकमा १५ हजार विभिन्न ट्राभल एजेन्सी र मेनपावर मार्फत लिई प्रस्थान अनुमती दिइँदै आएको गुनासो व्यापक छ । ट्राभल एजेन्सी र मेनपावरको प्रणालीभन्दा बाहिरबाट विदेश जान खोज्नेहरुमाथि दुव्र्यवार गर्ने,उनीहरुलाई विना पत्र फर्काउने र जहाज उडेपछी मात्र प्रस्थान अनुमति दिने काम हुँदै आएको र सो का लागि तीन वटै समूहमा सहजीकरण समिति गठन गरी बरिष्ठ अध्यागमन अधिकृत, अध्यागमन अधिकृत र नासुहरुले सेटिङ्गमा रकम लेनदेन भइरहेको भए पनि हिजो अख्तियारमै बसेर गएका सहसचिव त्यहाँ कार्यालय प्रमुख हुँदा अख्तियारले समेत एक्सन लिन नसकेको कर्मचारी प्रेसको सम्र्पकमा आएका पीडित यात्रुहरुले गुनासो गरेका छन् ।

स्रोतका अनुसार २३ नोभेम्बर र २४ नोभेम्बरको सिसिटिभी फुटेजमात्र हेर्ने हो भने सबै विवरण खुल्छ । २३ नोभेम्बर विहानी समूह देखी विभिन्न वहाना बनाई यात्रुलाई दुव्र्यवहार गर्ने तथा फर्काउने समयमा प्रस्थान अनुमति नदिने जस्ता गतिविधी निरन्तर चलिरहेको र नोभेम्बर २४ का दिन विहानी समूहले २४ जना यात्रुलाई त्यसरी फर्काएको दिवा समूहले १ बजे अध्यागम मा पुगेका यात्रुलाई ३ घण्टा विनाकारण रोकी मानसिक तनाव दिएको कतिपय यात्रुलाई जहाज उडेपछी प्रस्थान अनुमती दिइएको अध्यागमन प्रहरी स्रोतले जनाएको छ । अहिले त्यहाँ प्रमुख अध्यागमन अधिकृत कमानसिंह थापा पुगेका छन् । उनी केही समय पालुङ्गटार नगरपालिकामा बसेर गृह भित्रदै त्रिवि अध्यागमनमा पुगेका हुन । यस्तै अन्य उपसचिवहरुमा अच्युत ढुंगाना र फणीन्द्र पौडेलहरु पनि त्यही छन् । जेनजीको सरकार पछि त्रिवि अध्यागमनमा नरहरि घिमिरेले नेतृत्व सम्हालिरहेका छन् । उनी विगतमा अख्तियारमा बसेर निस्किएका हाकिम हुन तर सुधार २० को १९ हुन नसकेको चर्चा हुँदैछ ।

बिज्ञापन

थपिँदैछ १७ अधिकृत
उता,भिजिट भिसा प्रकरणमा कार्यालय प्रमुखमाथि नै अख्तियार लागेपछि त्रिवि अध्यागमनमा दरबन्दी अनुसार कर्मचारी खटाउन सकिएको छैन । त्यहाँ ६ उपसचिव,१११ अधिकृत र नासु तहका गरी १२१ कर्मचारीको दरबन्दी रहेकोमा १ उपसचिव र १० अधिकृत रिक्त छ । अध्यागमनलाई पूर्ण क्षमतामा चलाउनका लागि १ उपसचिवसहित १४ जना अधिकृतस्तरको कर्मचारीको दरबन्दी स्वीकृतिको लागि गृहले ओएण्डएम सर्भे तयार पारेर क्याविनेटमा पठाउने अन्तिम तयारी गरिरहेको गृह स्रोतले जनाएको छ ।

भिजिट भिसा ‘सेटिङ’ धन्दा अझै जीवित : दुई अधिकृत हटाइए पनि मूल जालो यथावत्

नयाँ मापदण्डले पनि भत्किएन भिजिट भिसाको सेटिङ,त्रिवि अध्यागमनबाट हटाइए दुई अधिकृत

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सहरी विकास मन्त्रालयका सचिवको कार्यशैलीविरुद्ध पाँच घण्टा धर्ना

एक सय दिनका १०१ उपलव्धी सार्वजनिक गर्दै मन्त्री घिसिङले गरे राजीनामाको संकेत

उपसचिव,सह लेखापालसहित तीनविरुद्ध भ्रष्टाचार मुद्धा दायर

अख्तियारमै बसेको सहसचिवलाई त्रिवि अध्यागमनमा खटाउँदा समेत रोकिएन विकृती

गण्डकी लोकसेवाले माग्यो स्थानीय सेवा चौथो तहमा २६८ कर्मचारी

निर्वाचनमा खटिने कर्मचारी,सुरक्षाकर्मीले कस्तो सेवासुविधा पाउँछन् ? कार्यविधिसहित

जेनजी राजमा रोकिएन कर्मचारी सरुवाको विकृती : आधा दर्जन सहसचिव २ महिनामै ‘भकुण्डो’

कुलमानले सम्हालेका मन्त्रालयको बजेट धमाधम फुकुवा

बिशेष