घर जान लागेका एसएसपीविरुद्ध भ्रष्टाचार मुद्दा

नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा प्रहरी सेवामा प्रवेश गरेको आरोपमा नेपाल प्रहरीका एक वरिष्ठ अधिकृत कानुनी घेरामा परेका छन्।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरी अस्पतालमा कार्यरत एसएसपी लालबाबु गिरीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। आयोगको केन्द्रीय कार्यालय टंगालले मंगलबार दायर गरेको अभियोगमा गिरीले सेवा प्रवेशका क्रममा पेश गरेको एसएलसी प्रमाणपत्र नक्कली भएको दाबी गरिएको छ।

बिज्ञापन

आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार गिरीले सन् १९८८ मा भारतको बिहारस्थित बिहार स्कुल एक्जामिनेशन बोर्ड, पटना बाट एसएलसी उत्तीर्ण गरेको देखिने प्रमाणपत्र पेश गरेका थिए। तर सम्बन्धित बोर्डमा आधिकारिक रूपमा बुझ्दा उनले त्यहाँबाट एसएलसी पास नगरेको पुष्टि भएपछि मुद्दा अघि बढाइएको हो।

अख्तियारका अनुसार पटनाको अभिलेखमा अन्तिम क्रमांक ५७६ रहेको भए पनि गिरीले बुझाएको प्रमाणपत्रमा क्रमांक ७१८ उल्लेख छ, जसले कागजात नक्कली बनाइएको संकेत गर्छ।

बिज्ञापन

गिरीले पछि २०५० सालमा पीसीएल नर्सिङ र २०६३ सालमा पोस्ट बेसिक ब्याचलर इन नर्सिङ अध्ययन पूरा गरेका थिए। उनी २०५२ साल पुस १६ गते प्राविधिक सईको रूपमा नेपाल प्रहरी सेवामा प्रवेश गरेका हुन्।

रोचक पक्ष के छ भने, उनी अनिवार्य अवकाशमा जान अब करिब एक सातामात्र बाँकी रहँदा मुद्दा दायर भएको हो। ३० वर्षे सेवा अवधिका कारण उनी पुस १५ गते अनिवार्य अवकाशमा जाँदै थिए।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रालयको संख्या कटौती हुने भए पछि उच्च प्रशासकहरुको निदहराम

पहिलो क्याविनेटमै सार्वजनिक सेवा प्रवाहमा ऐतिहासिक निर्णय गर्दैछन् बालेन

आजै मन्त्रीको नाम टुंग्याउने रास्वपाको तयारी,को को छन् चर्चामा ?

अधिकृत र बिचौलियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नयाँ मन्त्रीलाई छैन क्वार्टर : घर हुनेलाई सुविधा, नहुनेलाई भाडामा

अदालतका सुब्बालाई बहालवाला तीन सचिवभन्दा माथिल्लो पदमा नियुक्ति, मध्यराती पदभार ग्रहण

प्रमुख प्रशासकीय अधिकृतलाई मेयरको आग्रह ‘घर बस्दा बस्दै दिक्क लाग्यो होला,अफिस आउनुहोस’

प्रधानमन्त्रीको शपथ कार्यक्रमको प्रबन्ध मिलाइदिन मुख्य सचिवलाई रास्वपा महामन्त्रीको पत्र

बिशेष