गाउँपालिकाका अध्यक्षका आफन्तको धमाधम अस्वाभाविक बढुवा, अख्तियारले माग्यो स्पष्टीकरण

पर्साको विन्दवासिनी गाउँपालिकामा करार सेवामा कार्यरत एक कर्मचारीको अस्वाभाविक बढुवाले स्थानीय प्रशासन र सुशासनप्रति गम्भीर प्रश्न खडा गरेको छ। सामाजिक परिचालक कार्यक्रमअन्तर्गत करारमा नियुक्त रमेन्द्रनाथ तिवारीलाई छोटो अवधिमै पाँचौँ तहसम्म पुर्‍याइएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले औपचारिक चासो देखाएको हो।

बिज्ञापन

तीन वर्षको अवधिभित्रै पटक–पटक तह वृद्धि गरिएको विषयमा उजुरी परेपछि अख्तियारको हेटौँडा कार्यालयले गत साउन २८ गते गाउँपालिकालाई पत्र पठाउँदै तिवारीको नियुक्ति, बढुवा प्रक्रिया र त्यसको कानुनी आधारबारे स्पष्ट जवाफ मागेको छ। साथै, बढुवासँग सम्बन्धित सम्पूर्ण निर्णय, सिफारिस, फाइल तथा सेवा शर्तसम्बन्धी कागजात पनि पेश गर्न भनिएको छ।

बिज्ञापन

गाउँपालिकाभित्रैका कर्मचारीहरूका अनुसार तिवारीसँगै नियुक्त भएका अन्य तीन जना सामाजिक परिचालक हालसम्म प्रारम्भिक पदमै कार्यरत छन्। उनीहरूलाई कुनै अवसर नदिइँदा तिवारी मात्र पाँचौँ तहसम्म पुग्नुले ऐन–कानुन विपरीत निर्णय भएको आशंका बलियो बनेको छ।

स्थानीय स्रोतहरूका अनुसार रमेन्द्रनाथ तिवारी गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारीका आफन्त पर्ने भएकाले नातागत सम्बन्ध र राजनीतिक पहुँचका आधारमा प्राथमिकताका साथ बढुवा गरिएको आरोप छ। यही कारण संस्थागत प्रक्रिया कमजोर बनाइएको कर्मचारीहरूको गुनासो छ।

बिज्ञापन

यस विषयमा प्रतिक्रिया लिन खोज्दा गाउँपालिका अध्यक्ष प्रमोद तिवारी सम्पर्कमा आउन चाहेनन्। प्रमुख प्रशासकीय अधिकृत महम्मद प्रवेश आलमले भने अख्तियारमा रायसहित सबै कागजात पठाइसकिएको र अनुसन्धानको विषय भएकाले सार्वजनिक रूपमा बोल्न नमिल्ने प्रतिक्रिया दिए।

स्थानीय तहमा करार कर्मचारीको बढुवा र सेवा सुविधा स्पष्ट ऐन, नियमावली र मापदण्डअनुसार हुनुपर्ने व्यवस्था छ। तर विन्दवासिनी गाउँपालिकामा देखिएको यो प्रकरणले करार व्यवस्थापन, पारदर्शिता र सुशासनको वास्तविक अवस्थामाथि गम्भीर प्रश्न उठाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रालयको संख्या कटौती हुने भए पछि उच्च प्रशासकहरुको निदहराम

पहिलो क्याविनेटमै सार्वजनिक सेवा प्रवाहमा ऐतिहासिक निर्णय गर्दैछन् बालेन

आजै मन्त्रीको नाम टुंग्याउने रास्वपाको तयारी,को को छन् चर्चामा ?

अधिकृत र बिचौलियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नयाँ मन्त्रीलाई छैन क्वार्टर : घर हुनेलाई सुविधा, नहुनेलाई भाडामा

अदालतका सुब्बालाई बहालवाला तीन सचिवभन्दा माथिल्लो पदमा नियुक्ति, मध्यराती पदभार ग्रहण

प्रमुख प्रशासकीय अधिकृतलाई मेयरको आग्रह ‘घर बस्दा बस्दै दिक्क लाग्यो होला,अफिस आउनुहोस’

प्रधानमन्त्रीको शपथ कार्यक्रमको प्रबन्ध मिलाइदिन मुख्य सचिवलाई रास्वपा महामन्त्रीको पत्र

बिशेष