२८ शाखा अधिकृतको सरुवा : १६ लाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २८ जना शाखा अधिकृतहरुको सरुवा गरेको छ । मन्त्रालयले गत शुक्रवार र आइतबारको निर्णय अनुसार ती अधिकृतहरुको सरुवा गरेको जनाएको छ ।

बिज्ञापन

सरुवाको सूची अनुसार,अख्तियारका ल्याब टेक्निसियल भौतिक मन्त्रालयमा पुगेका छन् भने गृहबाट चुन बहादुर तमाङ अख्तियार पुगेका छन् । यस्तै,अख्तियारबाट सन्ध्या पाण्डे राष्ट्रिय योजना आयोग,मुख्यमन्त्री कार्यालय बागमती प्रदेशबाट इन्जिनियर शिव शंकर दासलाई शहरी मन्त्रालयमा ल्याइएको छ भने बागमती प्रदेशबाट अर्काे मेकानिलक इन्जिनियर बसन्त श्रेष्ठलाई अर्थ मन्त्रालय अन्तर्गत ल्याइएको छ । चन्द्र नारायण श्रेष्ठ बागमती प्रदेशबाट वन मन्त्रालयमा पुगेका छन् ।

बिज्ञापन

सरुवाको सूची अनुसार,निजामती किताबखानाबाट अर्जुन खड्कालाई उद्योग मन्त्रालय,लुम्बिनी प्रदेशबाट इन्जिनियर नविन घिमिरेलाई भौतिक मन्त्रालयमा ल्याइएको छ । सम्पत्ति शुद्धीकरणबाट बन्दना कुमारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् अन्तरगत ल्याइँदा उद्योगबाट लिलाराज काफ्ले सामान्य प्रशासन मन्त्रालयमा पुगेका छन् ।
मन्त्रालयले स्वास्थ्यबाट खगेन्द्र भारतीलाई सुर्नया गाउँपालिका,आबुखैरेनी गाउँपालिकाबाट चन्द्रकान्त तिमिल्सिनालाई सामान्यको बरण्डा,नवदुर्गा गाउँपालिकाबाट हर्षबहादुर रोकालाई पूर्वीचौकी गाउँपालिकामा खटाइएको छ । पूर्वीचौकीबाट देवी प्रसाद जोशीलाई नवदुर्गा गापा,गृहबाट मुरारी निरौलालाई ग्रामथान गाउँपालिका,गंगादेवबाट विनोद श्रेष्ठलाई प्रम कार्यालय,मिक्लाजुङबाट विकेन पौडेल लिखुपिके गापा,सामान्यको बरण्डाबाट दिनेश ज्ञवाली रुरुक्षेत्र गापा,भूमि मन्त्रालयबाट भिमार्जुन भुसाललाई मदाने गापामा खटाइएको छ ।
यस्तै,भूमिबाट लक्ष्यमण चालिसे चन्द्रकोट गाउँपालिका,रुपनी गापाबाट उमेश कुमार यादवलाई औरही,मैलुङ गापाबाट सञ्जय शिवाकोटी कालिञ्चोक पुगेका छन् । कालिञ्चोकमा कार्यरत रहेका पवन प्याकुरेललाई दोलखाकै विगु गापा,नरहा नगरपालिकाबाट लालबाबु यादवलाई रामनगर गापामा पठाइएको छ । भूमिबाट दिलिप यादवलाई बरियापट्टी गाउँपालिका,गृहबाट धनीराम शर्मालाई सिम्ता गापा,कुमाखबाट दिलिपकुमार सोनीलाई भगवतीमाई गापामा पठाइएको छ भने भगलीमाईबाट नारायणजंग पाण्डे कुमाखमा पुगेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शाखा अधिकृतको परीक्षामा ८७ प्रतिशत परीक्षार्थी उपस्थित,१५ दिनभित्रै नतिजा प्रकाशन गरिने

यी हुन काठमाडौंमा खटाइएका निर्वाचन अनुगमन अधिकृत

गंगालालमै कुटपिट भएका चिकित्सक भन्छन्, ‘आक्रमण सहेरै पनि बिरामी आमाको ज्यान जोगाएँ’

क्यानका पूर्व महानिर्देशक प्रदीप अधिकारी थुनामै

बार्षिकोत्सव मनाएको भोलिपल्टै फेरियो टेलिकमको नेतृत्व

किताबखानाको सूचना शुद्धीकरण अभियान, विवरण उपलव्ध गराउन आह्वान

निर्वाचन आचारसंहिता लाग्नु अघि ‘छापामार शैली’मा कर्मचारी सरुवा,बदर गर्न अदालतको आदेश

स्थानीय प्रशासनको अनुमति वेगर भेला हुन खोजेपछि पक्राउ परे दुर्गा प्रसाई

बिशेष