भिजिट भिसा ‘सेटिङ’ धन्दा अझै जीवित : दुई अधिकृत हटाइए पनि मूल जालो यथावत्

भिजिट भिसा प्रकरणमा पुरानो टिम ‘लहरो तान्दा पहरो थर्किने’ अवस्थामा अख्तियारको राडारमा परेर हटाइँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (त्रिवि) अध्यागमनमा पुगेको नयाँ टिम नै उही धन्दालाई माथ खुवाउने गरी सक्रिय रहेको फेला परेको छ।

बिज्ञापन

अध्यागमन स्रोतका अनुसार जेनजी सरकार बनेपछि त्रिवि अध्यागमनमा खटिएका कर्मचारीहरूले ट्राभल एजेन्सी र मेनपावरसँग मिलेर ‘सेटिङ’ असुलीलाई निरन्तरता दिएका छन्।

बिज्ञापन

 

गृह मन्त्रालयले कात्तिक १४ गतेदेखि लागू हुने गरी नयाँ मापदण्ड जारी गरे पनि ती मापदण्ड नयाँ टिमसम्म पुगेकै छैनन्। बरु, अहिलेको टिमले नोभेम्बर २३ (२०२५) देखि लागू हुने गरी नयाँ ग्रुप विभाजन गर्दै पर्यटक भिसामा विदेश जाने यात्रुबाट महिलासँग २५ हजार र पुरुषसँग १५ हजार रुपैयाँ असुली गर्दै प्रस्थान अनुमति दिइरहेको भेटिएको छ। असुली विभिन्न ट्राभल एजेन्सी र मेनपावरमार्फत भइरहेको छ।

बिज्ञापन

 

अझ गम्भीर कुरा, तीनवटै समूहमा ‘सहजीकरण समिति’ बनाएर बरिष्ठ अध्यागमन अधिकृत, अध्यागमन अधिकृत र नासु सम्मिलित सेटिङमार्फत रकम लेनदेन भएको यात्रुहरूको पूर्ण विवरण कर्मचारी प्रेसको हातमा परेको छ।

 

नोभेम्बर २४ को घटनाक्रम झनै डरलाग्दो छ। विहानी समूहले २४ यात्रुलाई फर्कायो। दिवा समूहले दिउँसो १ बजे अध्यागमन पुगेका यात्रुलाई तीन घण्टा विनाकारण रोकी मानसिक तनाव दियो; कतिपयलाई जहाज उडेपछि मात्रै प्रस्थान अनुमति, कतिपयलाई थर्काएर फिर्ता। रात्री समूहले करिब ३० यात्रुलाई ‘गेट नो शो’ र ‘विना पत्र तल झर’ भन्दै डर–धम्की दिँदै काममा ढिलासुस्ती गर्‍यो।

 

यता, भिजिट/पर्यटक भिसामा हुने ‘सेटिङ’ असुली नियन्त्रणका लागि अध्यागमन विभागले २०८० माघ १० बाट लागू गरिएको विवादित ६ बुँदे मापदण्ड खारेज गरी कात्तिक १३ देखि नयाँ मापदण्ड लागू गरेको थियो। नयाँ मापदण्डअनुसार राहदानी, भिसा र गन्तव्यसम्मको हवाई टिकट भए यात्रु प्रस्थान गर्न पाउने स्पष्ट व्यवस्था छ। तर, कागजात पूरा हुँदाहुँदै यात्रु अफलोड गरिनु मापदण्डको खुला उल्लंघन हो।

 

यसअघि ६ बुँदे मापदण्डकै आडमा बिचौलियाको चलखेल बढेको उजुरी गृह मन्त्रालय, अध्यागमन विभाग, सतर्कता केन्द्र हुँदै अख्तियारसम्म पुगेपछि केही अधिकृत हटाइएका थिए। तर, धन्दा रोकिएको छैन।

 

दबाब बढेपछि हालैमात्र दुई जना अध्यागमन अधिकृत विमानस्थलबाट हटाइएका छन्। गृह स्रोतका अनुसार हेमन्ती साउद लाई जिल्ला प्रशासन कार्यालय डडेलधुरा र बबिता मरासिनी लाई इलाका प्रशासन कार्यालय पाल्पा–रामपुर खटाइएको हो।

 

तर प्रश्न उही छ—दुई अधिकृत हटाइँदा मात्रै सेटिङको जालो चुँडिन्छ? सूत्रहरू भन्छन्, मूल सञ्जाल अझै यथावत् छ। अख्तियार, सतर्कता केन्द्र र गृह मन्त्रालय ले सम्पूर्ण समूह, सहजीकरण समिति र एजेन्सी–मेनपावरको भूमिकामाथि एकसाथ कारबाही नगरेसम्म त्रिवि अध्यागमनको भिजिट भिसा धन्दा रोकिने संकेत देखिँदैन।

नयाँ मापदण्डले पनि भत्किएन भिजिट भिसाको सेटिङ,त्रिवि अध्यागमनबाट हटाइए दुई अधिकृत

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शाखा अधिकृतको परीक्षामा ८७ प्रतिशत परीक्षार्थी उपस्थित,१५ दिनभित्रै नतिजा प्रकाशन गरिने

यी हुन काठमाडौंमा खटाइएका निर्वाचन अनुगमन अधिकृत

गंगालालमै कुटपिट भएका चिकित्सक भन्छन्, ‘आक्रमण सहेरै पनि बिरामी आमाको ज्यान जोगाएँ’

क्यानका पूर्व महानिर्देशक प्रदीप अधिकारी थुनामै

बार्षिकोत्सव मनाएको भोलिपल्टै फेरियो टेलिकमको नेतृत्व

किताबखानाको सूचना शुद्धीकरण अभियान, विवरण उपलव्ध गराउन आह्वान

निर्वाचन आचारसंहिता लाग्नु अघि ‘छापामार शैली’मा कर्मचारी सरुवा,बदर गर्न अदालतको आदेश

स्थानीय प्रशासनको अनुमति वेगर भेला हुन खोजेपछि पक्राउ परे दुर्गा प्रसाई

बिशेष