प्रदेशबाट ११ सहसचिव सिंहदरबार भित्रिदा एक पुगे स्थानीय तह

सरकारले एकै पटक ६० सहसचिवहरुको सरुवा गर्दा १८ जना सहसचिवहरु संघीय मन्त्रालय र कार्यालयबाट प्रदेशस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुग्दा १२ जना सहसचिवहरु प्रदेशबाट निस्किएका छन् । तीमध्ये ११ जना सिंहदरबार भित्रदा एक सहसचिव स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी लिएर महानगरपालिका पुगेका छन् ।

बिज्ञापन

यसरी प्रदेशस्थित मन्त्रालय वा कार्यालयबाट मन्त्रालयमा उक्लन सफल भएका सहसचिवहरुमा मुख्यमन्त्री कार्यालय लुम्बिनी प्रदेशबाट कविन्द्र नेपाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट रमेश ढकाल काजमा युवा तथा खेलकुद मन्त्रालयमा लगिएको छ ।

बिज्ञापन

यस्तै,गण्डकी प्रदेशबाट राजन भट्टराईलाई उर्जा जलश्रोत मन्त्रालय,कर्णाली प्रदेशबाट मोहनकुमार शाक्यलाई उर्जा जलश्रोत मन्त्रालयमा ल्याइएको छ । कोशी प्रदेशमा मन्त्रीसँग लफडा झेलिरहेका शरण पाण्डे कृषि मन्त्रालयमा आइपुगेका छन् भने मधेश प्रदेशबाट उमेश दाहाल कृषि मन्त्रालयमा भित्रिएका छन् । कर्णाली प्रदेशबाट पुष्पराज शाहीलाई सामान्यको अतिरिक्तमा राखेर राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा खटाइएको छ ।

कोशी प्रदेशबाट एकदेव अधिकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,बागमती प्रदेशबाट केदार बराललाई वन मन्त्रालय,कोशी प्रदेशबाट रामप्रसाद आचार्यलाई सार्वजनिक खरिद अनुगमनको कार्यालय,कर्णालीबाट यज्ञ पुरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग,बीरेन्द्रदेव भारती स्थानीय तहतिर पुगेका छन्,प्रदेशबाट । उनलाई स्थानीय तहको ‘डन’ कर्मचारीकै रुपमा चिनिन्छ ।

बिज्ञापन

यस्तै,बाबुराम भण्डारी प्रदेशबाट श्रम मन्त्रालयमा आइपुगेका छन् । वैदेशिक रोजगार विभागबाट कमल भट्टराईलाई मधेश प्रदेशतिर खटाइएपछि अब मीरा आचार्य वा वावुराम भण्डारीमध्ये एक महानिर्देशक बन्ने चर्चा छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शाखा अधिकृतको परीक्षामा ८७ प्रतिशत परीक्षार्थी उपस्थित,१५ दिनभित्रै नतिजा प्रकाशन गरिने

यी हुन काठमाडौंमा खटाइएका निर्वाचन अनुगमन अधिकृत

गंगालालमै कुटपिट भएका चिकित्सक भन्छन्, ‘आक्रमण सहेरै पनि बिरामी आमाको ज्यान जोगाएँ’

क्यानका पूर्व महानिर्देशक प्रदीप अधिकारी थुनामै

बार्षिकोत्सव मनाएको भोलिपल्टै फेरियो टेलिकमको नेतृत्व

किताबखानाको सूचना शुद्धीकरण अभियान, विवरण उपलव्ध गराउन आह्वान

निर्वाचन आचारसंहिता लाग्नु अघि ‘छापामार शैली’मा कर्मचारी सरुवा,बदर गर्न अदालतको आदेश

स्थानीय प्रशासनको अनुमति वेगर भेला हुन खोजेपछि पक्राउ परे दुर्गा प्रसाई

बिशेष