गृहले तयार पारेको नयाँ ओएण्डएम प्रस्ताव अर्थमा

गृह मन्त्रालयले नेपाल प्रहरीमा दरबन्दी हेरफेर गर्नेगरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) प्रस्ताव गरेको छ । गृह मन्त्रालयको प्रशासन महाशाखाका सहसचिव कालीप्रसाद पराजुलीको संयोजकत्वमा प्रहरी प्रधान कार्यालयका डीआईजी दिपक रेग्मी, अर्थ मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि सम्मिलित समितिले तयार पारेको ओएण्डएम प्रस्ताव सहमतिको लागि अर्थ मन्त्रालयमा पुगेको छ ।

बिज्ञापन

मङ्सिर ८ मा बसेको मन्त्रिपरिषद्ले प्रहरीको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो । पूर्वस्वीकृतिसँगै गृह मन्त्रालयले ओएण्डएमको काम सुरु गरेको थियो ।

बिज्ञापन

जस अनुसार,नेपाल प्रहरी केनाइन कार्यालय र कार्य विभाग मातहत रहेको सवारी महाशाखाको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को दरबन्दी जनपद समूहतर्फ स्थानान्तरण गर्न प्रस्ताव गरिएको छ । यस्तै,नेपाल प्रहरी अस्पतालमा पनि डीएसपी र एसपीको दरबन्दी मिलान गर्न लागिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरीको फरेन्सिक विज्ञलाई स्थानान्तरण गरिने भएको छ । आयोगमा निजामती कर्मचारी तर्फका विज्ञले काम गर्न थालेसँगै त्यहाँ रहेको दरबन्दी प्रहरीमा फिर्ता ल्याउन प्रस्ताव गरिएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा कार्यरत प्रहरीको उपरीक्षक (एसपी) नेतृत्वमा प्रहरी कार्यरत थिए । विभागको सहमतिमा उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्युरोस्थित महाशाखामा स्थानान्तरण गर्न लागिएको हो । यसअघि सीआईबीको पिल्लर–२ ले गर्ने काम अब महाशाखा मार्फत गरिनेछ ।

बिज्ञापन

नेपाल प्रहरी अस्पतालमा अन्य तहको दरबन्दी कटौती गरेर डीएसपी र एसपीको दरबन्दी बढाउन प्रस्ताव गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरीको फरेन्सिक विज्ञलाई प्रहरी प्रधान कार्यालयमा नै फिर्ता ल्याउने प्रस्ताव गरेको छ ।

यस्का अलवा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा कार्यरत प्रहरी कर्मचारीलाई पनि त्यहाँबाट स्थानान्तरण गरिँदैछ । पुल्चोकस्थित विभागमा प्रहरीको उपरीक्षक (एसपी) नेतृत्वमा प्रहरी कार्यरत थिए । विभागको सहमतिमा उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्युरोस्थित महाशाखामा स्थानान्तरण गर्न ओएण्डएम समितिले प्रस्ताव गरेको छ ।
अर्थले स्वीकृत गरेसँगै प्रस्ताव क्याविनेट पुग्ने जनाइएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एकै पटक १२९६ निजामती कर्मचारी शुद्धीकरणमा : किताबखानाले हटायो प्रणालीबाट

गृहले तयार पारेको नयाँ ओएण्डएम प्रस्ताव अर्थमा

शाखा अधिकृतलाई धरौटीमा छाड्न आदेश दिएपछि अदालतमै पिइन युवतीले बिष

गोकर्णमा पनि गडबडी : कौडीको भाउमा २७२२ रोपनी जग्गा २५ वर्षका यति होल्डिङ्सलाई

ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट डा. रिजालद्वारा पदबाट राजीनामा

निलम्बन प्रक्रियामा उपसचिव, कीर्ते प्रकरणमा प्रहरी अनुसन्धानमा तानिए महानिर्देशक

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

हाजिरपछि बेपत्ता उपसचिव, कार्यालय ताला र साँचो अलपत्र

बिशेष