राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री रिजालले पदबाट राजीनामा दिएका छन् ।
बिज्ञापन
नेपाल चिकित्सक संघको आगामी निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिएपछि उनले ट्रमा सेन्टर प्रमुखबाट राजीनामा दिएका हुन् ।बिहीबार स्वास्थ्य मन्त्री डा. सुधा शर्मालाई राजीनामा पत्र बुझाएका हुन् ।
संघको निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएपछि सार्वजनिक संस्थाको कार्यकारी जिम्मेवारीमा रहनु उपयुक्त नहुने भएकाले राजीनामा दिएको उनको भनाइ छ । अघिल्लो वर्ष मंसिरमा सेन्टरको जिम्मेवारी समालेपछि डा. रिजालले आपतकालीन सेवाको सुदृढीकरण, बेड थप, दुरदराजबाट आएका बिरामीलाई सेवा प्रवाहमा प्रभावकारी बनाउने प्रयास गरेका थिए ।

























