सिआइबीको अनुसन्धानमा तानिएकी पन्तलाई कसले भगायो ?

प्रभु बैंकबाट जानकी मेडिकल कलेजमा ऋृण प्रवाह गर्दा बदमासी भएको भेटिएसँगै प्रभु बैंकका चिफ बिजनेस अफिसर रश्मी पन्त अनुसन्धानको दायरामा छिन् । बैंक प्रवेश गरेको एक दशक अवधिमा जूनियर अफिसरबाट एजीएममा फड्को मारिसकेकी उनी सिइओ अशोक शेरचनको विश्वासपात्र रहेर प्रचुर लाभ उठाउने कर्मचारीमा पर्दछिन् ।

बिज्ञापन

उनै पन्त अहिले सिआइबीको अनुसन्धानको दायरामा छिन् । प्रभु बैंकबाट जानकी मेडिकल कलेजमा प्रवाह भएको ऋृणमा जोडिन्छिन् पन्त । जानकी मेडिकल कलेजका अध्यक्ष ओमप्रकाश (ओपी) पाण्डेको इन्स्टिच्युट अफ एग्रिकल्चर फरेष्ट एण्ड भेटेनरी साइन्स प्रालिले कलेज सञ्चालनको लागि जग्गा खरिद र सञ्चालन खर्चका लागि भन्दै २०७५ साउनमा लिएको १३ करोड रुपैयाँ कर्जा दुरुपयोग भएको सीआईबीले अनुसन्धानबाट खुलेसँगै पाण्डे र रश्मी अनुसन्धानको दायरामा छन् ।

बिज्ञापन

यो प्रभु बैंकका सिइओ अशोक शेरचनको ससुराको लगानी रहेको कलेज हो । नाटकीय ढंगबाट शेयर संरचना हेरफेर गरि त्यहाँ हरिमान लामाले १६ लाख कित्ता, हरिकृष्ण भट्टचनले २९ लाख ५० हजार ८ सय ६० कित्ता खरिद गरिएको भेटिएको छ । जसमध्ये हरिकृण भट्टचन अशोकका ससुरा हुन् । नाटकीय शैलीमा शेयर संरचना नै परिवर्तन गरेर त्यहाँ सिइओ अशोक शेरचनको ससुरालाई भित्र्याइएको थियो र सोही मेडिकल कलेजमा करोडौं ऋृण प्रवाह गरेर अपचलन गरिएको भेटिएसँगै अनुसन्धानमा तानिएकी हुन,रश्मी ।

जानकी मेडिकल कलेज र इन्स्टिच्युट अफ एग्रिकल्चर फरेष्ट एण्ड भेटेनरी साइन्स प्रालिमार्फत भएको कर्जा दुरुपयोगमा सीआईबीले अनुसन्धान गरिरहेको छ । उक्त अनुसन्धानका लागि जानकी मेडिकल कलेजका अध्यक्ष ओमप्रकाश पाण्डे र बैंककै चिफ बिजनेस अफिसर रश्मी पन्त लगायतलाई पनि पक्राउ गर्न सीआईबीले पाटन उच्च अदालतबाट पक्राउपुर्जी लिएको खुलेसँगै अदालतका केही कर्मचारीहरुले सूचना लिक गरेका कारण प्रभु बैंकको लेडी बोस गायब भएकी हुन ।

बिज्ञापन

सिआइबीको टोली सोही प्रकरणमा लेडी बोस रश्मी पन्तलाई पक्राउ गर्न आइतबार बैंकमा पुगेको थियो । पन्तको फोन ट्र्याक गर्दा उनी बैंकभित्रै रहेको देखिएपछि प्रहरी त्यहाँ पुगेको हो । तर, बैंक कार्यकक्षमा उनी फेला परिनन् । सिआइबीको टोली बैंकको छैठौं तलामा चढ्नुअघि नै कतैबाट रश्मीलाई सूचना लिक भइसकेको थियो । हतार–हतार उनी बैंकभित्रकै कुनै अज्ञातस्थलमा लुकेकी थिइन् । दिउँसोदेखि साँझसम्म पनि प्रहरीले सर्च अपरेशन चलाउँदा समेत रश्मी भेटिएकी छैनन् ।
स्रोतका अनुसार सूदुरपश्चिम घर भएकी पन्त पूर्व न्यायधीशको छोरी हुन । उसो त प्रभु बैंकले यो प्रकरणको अनुसन्धान गरिरहेका सिआइबीका एक उच्च अधिकारीलाई लिलामीमा गएको जग्गा सस्तोमा सकार्न लगाएर यस अगाडि अनुसन्धान प्रभावित पारेका थिए तर जेनजीको सरकार आए सँगै प्रभु बैंकका उच्च पदस्थहरु धमाधम अनुसन्धानको दायरामा तानिएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निजामतीको कार्यसम्पादनप्रति मन्त्री असन्तृष्ट,मन्त्रालय- विभागसम्म प्रहरीको टुकडी तैनाथ

‘स्वस्थ जीवन’: होमियोप्याथी बुझ्न चाहनेका लागि उपयुक्त पुस्तक

सरकारले फिर्ता लियो सामाजिक सञ्जालसम्बन्धी विधेयक

कम्युटर अपरेटर,लेखा- प्रशासन प्रमुखदेखि मेसुविरुद्ध भ्रष्टाचार मुद्धा दायर

श्रम मन्त्रालय र विभागमा किन खटाइयो प्रहरीको टुकडी ?

लुम्बिनी प्रदेशमा प्रदेश भोलि सार्वजनिक बिदा

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

रसुवा नाकामा बिचौलियाको रजगज : कन्टेनर चालकले पाउँदैनन पास, अध्यागमनसँग न्यायको आश

बिशेष