संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४ उपसचिवसहित ४२ जना कर्मचारीहरुको सरुवा गरेको छ ।
मन्त्रालयले २९ मंसिरको निर्णय अनुसार ४ उपसचिव र ३८ जना शाखा अधिकृतहरुको सरुवा गर्दा २ उपसचिव र १६ जना शाखा अधिकृतहरुले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका छन् ।
बिज्ञापन
सरुवाको सूची अनुसार गृहका उपसचिव किरणनिधि तिवारी कमलामाई नगरपालिका,सिन्धुली पुगेका छन् भने कल्याणपुरबाट प्रमुख प्रशासकीय कमल बहादुर थापालाई भूमि व्यवस्था मन्त्रालयमा ल्याइएको छ । गुलरिया नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह जिससतिर पुग्दा सामान्यको बरण्डाबाट कृष्णप्रसाद जैसी सो पालिकाको प्रमुख प्रशासकीय अधिकृत सम्हाल्न पुगेका छन् ।
यस्तै मन्त्रालयले ३८ शाखा अधिकृतहरुको सरुवा गरेको छ । जसमा १६ जनाले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका छन् । सरुवाको सूची अनुसार,३८ मध्ये ११ जना प्राविधिक शाखा अधिकृतहरु रहेका छन् । १६ लाई स्थानीय तहमा खटाइँदा ४ गृह,२ संघीय मामिलाको बरण्डा,२ सञ्चारतिर आइपुगेका छन् ।

























