त्रिवि अध्यागमनमा अधिकृत र उपसचिवको दरबन्दी थप्ने तयारी

गृह मन्त्रालयले त्रिवि अध्यागमनका कर्मचारीहरुको दरबन्दी थप्ने गृहकार्य गरिरहेको छ । हाल अध्यागमन कार्यालयमा १२१ कर्मचारीको दरबन्दी रहेकोमा आवागमन जाँच सहजताका लागि बनाइएका संरचना पूर्ण क्षमतामा चलाउन तीन सिफ्टमा १ सय ३५ अधिकृत खटाउनुपर्ने निष्कर्ष सहित शाखा अधिकृत,उपसचिव तहको दरबन्दी थप्ने तयारी गरिएको गृह स्रोतले जनाएको छ । अध्यागमनले कर्मचारीको दरबन्दी बढाउनका लागि संगठन तथा व्यवस्थापन (ओएण्डएम) सर्वेक्षण अगाडि बढाएको थियो । जसअनुसार पूर्ण क्षमताका कार्यालय सञ्चालन गर्नका लागि १४ कर्मचारी अभाव रहेको निष्कर्ष निकालिएको छ ।

बिज्ञापन

गृह मन्त्रालयका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनमा आगमन र प्रस्थानतर्फ यात्रुका कागजात जाँच गर्न ४५ डेस्क छन् । जस अनुसार प्रस्थानतर्फ २३ र आगमनतर्फ २२ डेस्क छन् । त्रिवि अध्यागमनका कर्मचारीहरुले तीन सिफ्टमा काम गर्दै आएका छन्,अर्थात आठ आठ घण्टाको सिफ्ट हुन्छ । आवागमन जाँच सहज बनाउन बनाइएका संरचनालाई पूर्ण क्षमतामा चलाउन तीन सिफ्टमा १ सय ३५ अधिकृत खटाउनुपर्छ । कर्मचारी अभाव देखाएर अहिले दुवैतर्फका डेढ दर्जन डेस्क खाली छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन डेस्कमा कर्मचारी अभावका कारण डेढ दर्जनभन्दा बढी डेस्क खाली छन्, जसले यात्रुलाई कागजात जाँचमा सास्ती भएको छ।

बिज्ञापन

गृहका अनुसार त्रिवि अध्यागमनका ६ उपसचिव,१ सय ११ अधिकृतको दरबन्दी स्वीकृत भए पनि भिजिट भिसा प्रकरणपछि अहिले कर्मचारीहरुको भागाभाग छ । उपसचिव र नासु तहका कर्मचारी दरबन्दी अनुसारै भए पनि यो समाचार तयार पार्दासम्म त्यहाँ दरबन्दी अनुसारका ११ अधिकृत छैनन् । बुधबारमात्र सहायक सिडियो सन्दिपा खड्का अध्यागमनमा खटेकी छिन् । अझैं त्यहाँ १० अधिकृतहरुको दरबन्दी रिक्त छ ।

त्रिवि अध्यागमनलाई पूर्ण क्षमतामा चलाउनका लागि १ उपसचिवसहित जना १४ अधिकृतहरुको दरबन्दी थप्ने गृहकार्य भएको र प्रस्ताव गृह मन्त्रालयमा पुगेको अध्यागमन विभागले पृष्टि गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

४१ खरिदार र १३८ नासुसहित १७९ कर्मचारीको सरुवा

अष्ट्रेलिया पुगेका उपसचिवको नेपालमा हाजिर,को- को जाकिन्छन् कीर्तेमा ?

अष्ट्रेलियामा सेकुवा बनाउँदै, नेपालमा तलब खाइरहने सरकारी डाक्टर

त्रिवि अध्यागमनमा अधिकृत र उपसचिवको दरबन्दी थप्ने तयारी

वैदेशिक रोजगार विभागभित्र १३ जना विचौलिया नियन्त्रणमा

डोल्मालाई ८८ करोड कर छुटदिएपछि मौरिसससँगको दोहोरो करमुक्ति सम्झौता खारेज

नक्कली प्रमाणपत्रले सरकारी जागिर खाएको सब–इन्जिनियर विशेष अदालतमा तानिए

भन्सारको संसार,विकृती भरमार

बिशेष