वैदेशिक रोजगार विभागभित्र १३ जना विचौलिया नियन्त्रणमा

काठमाडौँ — वैदेशिक रोजगार विभागभित्र अवैध क्रियाकलापमा संलग्न १३ जना विचौलियालाई पक्राउ गरिएको छ। विभागका कर्मचारी र ड्युटीमा खटिएका प्रहरीको संयुक्त टोलीले मिति २०८२।०८।२४ गते दिउँसो करिब २:३० बजे विभाग परिसरमै उनीहरूलाई नियन्त्रणमा लिएको हो।

बिज्ञापन

विभागका अनुसार पक्राउ परेकाहरूले सेवाग्राहीलाई विभिन्न प्रलोभन देखाउँदै अनलाइन फाराम भरी दिने, श्रम स्वीकृतिका काम सहज गरिदिने, ठगिएको रकम असुल गरिदिने जस्ता बहानामा मोलमोलाइ गर्दै हैरान पार्ने गरेका थिए। सो क्रममा सम्झाइ–बुझाई गर्दा समेत उनीहरूले उल्टै कर्मचारी तथा सुरक्षाकर्मीमाथि अपशब्द प्रयोग गर्दै गालीगलौज गरेका थिए।

बिज्ञापन

विभागले आरोपितहरूले सरकारी कामकारबाहीमा बाधा पुर्‍याउने अभद्र व्यवहारसमेत गरेको जनाएको छ। पक्राउ परेकाहरूलाई कानुनअनुसार आवश्यक कारबाहीका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा बुझाइएको विभागले जानकारी दिएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शहीद दिवस: बलिदान, सम्मान र राष्ट्रिय चेतना

सुदन गुरुङलाई पीएसओ दिन स्थानीय प्रशासनद्धारा अस्वीकार

डेढ लाख घुससहित रंगेहात पक्राउ परे इन्जिनियर

निर्वाचन खर्च ६ प्रतिशतले बढाइयो,हालसम्म ६ अर्ब ३६ करोड निकासा

यी हुन ठेक्का ओगट्ने,काम नगर्ने ९ निर्माण कम्पनी

एउटै सरकारी अड्डा,उही दर्जाका दुई हाकिम

३० बर्षमा १ हजार १ सय ९५ कर्मचारी परे विभागीय कारवाहीमा

सरकारी कर्मचारीद्वारा आचारसंहिता उल्लङ्घन, निर्वाचन कार्यालयले सोध्यो स्पष्टीकरण

बिशेष