अख्तियारका दुई सहसचिव सचिवमा बढुवा, सापकोटा प्रधानमन्त्री कार्यालयमा,पौडेल पुगे कोशी प्रदेश

कहिलेकाँही निजामती क्षेत्रमा विरलै संयोग मिल्छ । यस्तै विरलैको संयोग जुरेको छ,निजामती प्रशासनमा सोमबार । एउटै निकायमा बरिष्ठ सहसचिवका रुपमा कार्यरत सहसचिवद्धय एउटै क्याविनेटबाट सचिवका उक्लिए । एकै पटक एउटै निकायमा कार्यरत दुई सहसचिव सचिवमा उक्लिएका हुन । जसमध्ये एकको पदस्थापन कोशी प्रदेश र अर्काेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले प्रशासनतर्फका सहसचिव राजेन्द्र कुमार पौडेललाई र कानुनतर्फका बरिष्ठ सहसचिव पुष्कर सापकोटालाई सचिवमा बढुवा गरेको थियो ।

बिज्ञापन

प्रशासनतर्फको सचिवमा बढुवा गर्नका लागि अख्तियारका प्रवक्ता पौडेलसहित ३ जनाको नाम आइतबार लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा हुने बढुवा समितिले सिफारिस गरेको थियो । समितिले पौडेलसहित वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराई र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत सहसचिव इन्दु घिमिरेको नाम सिफारिस गरेकोमा उनको पदस्थापन कोशी प्रदेशको प्रमुख सचिवको रुपमा गरिएको हो । सो प्रदेशको प्रमुख सचिवको रुपमा कार्यरत रहेकी चन्द्रकला पौडेललाई गत मंसिर १० मा बसेको क्याविनेटले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवको रुपमा ल्याएसँगै रिक्त रहेको प्रदेशको प्रमुख सचिवमा राजेन्द्र पौडेललाई पठाइएको हो ।

बिज्ञापन

यता अख्तियारका सहसचिव हुँदै बढुवा भएका पुष्कर सापकोटाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापना भेटेका छन् । कानुन सचिव फणीन्द्र गौतम मङ्सिर १८ गते अनिवार्य अवकाशमा गएसँगै प्रधानमन्त्री कार्यालयको कानुन सचिव पद रिक्त रहेकोमा सोही ठाउँमा सापकोटाको बढुवासँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापन गरिएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सरकारको निर्णयविरुद्ध अदालत गएका दुई डिएफओ निर्देशनालय तानिए

पर्साका एसपी भट्टका घुमुवा रामराज हेडक्वार्टर तानिए, एसपी भट्ट पनि सोधपुछमा

नासु र खरिदारको सरुवा स्थगित,बढुवामा ‘तरमारा’ वर्गलाई राक्ने प्रयास

जब प्रधानमन्त्रीले सुदन गुरुङलाई ‘मेरो जेठो छोरो’ भनिन्

४१ खरिदार र १३८ नासुसहित १७९ कर्मचारीको सरुवा

अष्ट्रेलिया पुगेका उपसचिवको नेपालमा हाजिर,को- को जाकिन्छन् कीर्तेमा ?

अष्ट्रेलियामा सेकुवा बनाउँदै, नेपालमा तलब खाइरहने सरकारी डाक्टर

त्रिवि अध्यागमनमा अधिकृत र उपसचिवको दरबन्दी थप्ने तयारी

बिशेष