अख्तियारका दुई सहसचिव सचिवमा बढुवा, सापकोटा प्रधानमन्त्री कार्यालयमा,पौडेल पुगे कोशी प्रदेश

कहिलेकाँही निजामती क्षेत्रमा विरलै संयोग मिल्छ । यस्तै विरलैको संयोग जुरेको छ,निजामती प्रशासनमा सोमबार । एउटै निकायमा बरिष्ठ सहसचिवका रुपमा कार्यरत सहसचिवद्धय एउटै क्याविनेटबाट सचिवका उक्लिए । एकै पटक एउटै निकायमा कार्यरत दुई सहसचिव सचिवमा उक्लिएका हुन । जसमध्ये एकको पदस्थापन कोशी प्रदेश र अर्काेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले प्रशासनतर्फका सहसचिव राजेन्द्र कुमार पौडेललाई र कानुनतर्फका बरिष्ठ सहसचिव पुष्कर सापकोटालाई सचिवमा बढुवा गरेको थियो ।

बिज्ञापन

प्रशासनतर्फको सचिवमा बढुवा गर्नका लागि अख्तियारका प्रवक्ता पौडेलसहित ३ जनाको नाम आइतबार लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा हुने बढुवा समितिले सिफारिस गरेको थियो । समितिले पौडेलसहित वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराई र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत सहसचिव इन्दु घिमिरेको नाम सिफारिस गरेकोमा उनको पदस्थापन कोशी प्रदेशको प्रमुख सचिवको रुपमा गरिएको हो । सो प्रदेशको प्रमुख सचिवको रुपमा कार्यरत रहेकी चन्द्रकला पौडेललाई गत मंसिर १० मा बसेको क्याविनेटले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवको रुपमा ल्याएसँगै रिक्त रहेको प्रदेशको प्रमुख सचिवमा राजेन्द्र पौडेललाई पठाइएको हो ।

बिज्ञापन

यता अख्तियारका सहसचिव हुँदै बढुवा भएका पुष्कर सापकोटाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापना भेटेका छन् । कानुन सचिव फणीन्द्र गौतम मङ्सिर १८ गते अनिवार्य अवकाशमा गएसँगै प्रधानमन्त्री कार्यालयको कानुन सचिव पद रिक्त रहेकोमा सोही ठाउँमा सापकोटाको बढुवासँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापन गरिएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निजामतीको कार्यसम्पादनप्रति मन्त्री असन्तृष्ट,मन्त्रालय- विभागसम्म प्रहरीको टुकडी तैनाथ

‘स्वस्थ जीवन’: होमियोप्याथी बुझ्न चाहनेका लागि उपयुक्त पुस्तक

सरकारले फिर्ता लियो सामाजिक सञ्जालसम्बन्धी विधेयक

कम्युटर अपरेटर,लेखा- प्रशासन प्रमुखदेखि मेसुविरुद्ध भ्रष्टाचार मुद्धा दायर

श्रम मन्त्रालय र विभागमा किन खटाइयो प्रहरीको टुकडी ?

लुम्बिनी प्रदेशमा प्रदेश भोलि सार्वजनिक बिदा

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

रसुवा नाकामा बिचौलियाको रजगज : कन्टेनर चालकले पाउँदैनन पास, अध्यागमनसँग न्यायको आश

बिशेष