रुग्ण ठेक्का व्यवस्थापन : ‘अब माया होइन, काम चाहिन्छ’: महानिर्देशक जैसी

 काठमाडौँ — सडक विभागका महानिर्देशक विजय जैसीले निर्माण कम्पनीहरूलाई काममा सक्रिय सहभागिता अनिवार्य बनाउने चेतावनी दिएका छन्। पछिल्ला वर्षहरूमा ठेक्का रोकिएको र ढिलो भएको घटनाहरू बढेपछि उनीसँग निर्माण व्यवसायीप्रति ‘कडाइ आवश्यक’ रहेको धारणा छ।

बिज्ञापन

नेपाल पूर्वाधार पत्रकार समाज र नेपाल निर्माण व्यवसायी महासंघले संयुक्त रूपमा आयोजना गरेको ‘रुग्ण ठेक्का व्यवस्थापन’ विषयक संवादमा बोल्दै जैसीले अब विभागले सहानुभूति देखाउँदै बसिरहन नसक्ने बताए।

बिज्ञापन

‘हाम्रो मनले ठेक्का तोडेको होइन, परिस्थिति बाध्य भएर अन्तिम चरणमा मात्र ठेक्का रद्द गरिएको हो,’ उनले भने, ‘तर अहिले धेरै कम्पनी निर्माण स्थलमा सक्रिय हुन थालेका छन्, त्यसले सकारात्मक संकेत देखाएको छ। अब मायाले मात्र काम चल्दैन, सबैजना मैदानमा उत्रिनुपर्छ।’

उनका अनुसार कतिपय कम्पनीहरूले गुणस्तरीय काम गर्दै बोनससमेत पाउने गरेका छन्, तर केहीका सबै ठेक्का रुग्ण अवस्थामा पुगेका छन्।‘सबैको स्थिति एउटै छैन,’ जैसीले थपे, ‘निर्माण व्यवसायीहरू आजको प्रतिस्पर्धात्मक वातावरणमा स्मार्ट नबने टिक्नै मुस्किल हुन्छ।’

बिज्ञापन

संवाद कार्यक्रममा निर्माण व्यवसायी, विभागका अधिकारी र पूर्वाधार क्षेत्रका विज्ञहरूले रुग्ण ठेक्काको कारण, व्यवस्थापन र सुधारका उपायबारे छलफल गरेका थिए।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शासकीय सुधारका १०० कार्यसूची मन्त्रिपरिषदबाट स्वीकृत, यस्ता छन् क्याविनेटका अरु निर्णयहरु

बालेन्द्र शाह नेतृत्वको सरकारलाई कर्मचारी युनियनको बधाई: संघीय निजामती ऐन र वृत्ति विकासमा जोड

यस्तो छ मन्त्रीहरुको वरियता

पत्रकारिता पृष्ठभूमिकी रावलको काँधमा कर्मचारी र भूमि प्रशासनको जिम्मेवारी,के के छन् चुनौती ?

निजामती प्रशासनभित्रका कुनै समूह वा अभियानलाई हाम्रो समर्थन छैन : रास्वपा

अर्थमन्त्री वाग्लेको पहिलो निर्णय : राजश्व अनुसन्धान विभागसहित १५ ऐन खारेज

६ मन्त्रालयहरु एक आपसमा गाभिने

यी हुन बालेन सरकारका सारथी

बिशेष